बझाङमा ७० प्रतिशत क्षेत्रमा रोपाइँ सकियो

बझाङ समाचार

भुवन बहादुर सिंह बझाङ । बझाङमा ७० प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र बझाङको तथ्याङ्कले बझाङभरमै ७० प्रतिशित रोपाइँ भएको जनाएको छ । कृषि ज्ञान केन्द्र बझाङको तथ्याङ्क अनुसार बझाङमा २१ हजार हेकटर हेक्टर जमिन खेतीयोग्य रहेको छ ।

जसमध्ये बझाङमा १० हजार ३ सय हेक्टर क्षेत्रमा धान खेती हुने गरेको छ, भने वार्षिक २७ हजार ६०९ मेट्रिक टन धान उत्पादन हुने गर्दछ । असार १५ सम्म ७ हजार २१० हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । साउन १५ भित्र सबै क्षेत्रमा रोपाइँ भए र अहलेको जस्तै वर्षा भए यो वर्ष धानको उत्पादन राम्रो हुने कृर्षि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख टेक बहादुर विष्टले बताउनुभयो । बझाङमा ६० हेक्टर जमिनमा वर्षभरी सिँचाइ सुविधा उपलब्ध छ । ४० हेक्टर जमिनमा आंशिक सिँचाइ उपलब्ध छ ।

यो वर्ष सिँचाइ सुविधा उपलब्ध भएको क्षेत्रमा रोपाइँ भएको र बाँकी क्षेत्रमा साउन दोस्रो हप्तासम्म रोपाइँ सकिए उत्पादनमा फरक नपर्ने कृषि अधिकारीहरूले बताएका छन् ।

सुदूरपश्चिम प्रदेशमा १ लाख ७९ हजार ८९८ हेक्टर क्षेत्रमा धान खेती गर्न सकिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको तथ्याङ्कले देखाएको छ । जसमा कैलालीमा ६७ हजार २९७ हेक्टर, कञ्चनपुरमा ४८ हजार ४९६ हेक्टर, अछाममा १६ हजार ५९० हेक्टरमा धान खेती गरिन्छ भने डोटीमा १० हजार ७ सय हेक्टर, बैतडीमा ९ हजार हेक्टर, बाजुरामा ६ हजार ९१५ हेक्टर, डडेल्धुरा र दार्चुलामा क्रमशः ६ हजार १२० हेक्टर र ४ हजार ४८० हेक्टरमा धान खेती गरिदैँ आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *