विपद पिडितलाई कामका लागि दाम देउ– सभामुख थापा 

जग्गा बगाएका किसानलाई आफ्नो जग्गा पुर्न निर्माण गर्दा रकम दिनु पर्छ। 

पिडितहरुले रुदै रुदै देश छोड्न नपरोस । 

 

साइपालखवर

बझाङ– बेमौसमी बर्षा स“गै आएको बाढी र पहिरोबाट पिडितहरुलाई कामको लागि दाम कार्यक्रम संचालन गर्नु पर्ने सुदुरपश्चिम प्रदेशका सभामुख अर्जून थापाले बताएका छन । बझाङ जिल्लाको विपद प्रभावित क्षेत्रको स्थलगत निरिक्षण पछि थापाले विपद पिडितलाई सम्बोधन हुने खालका कार्यक्रम संचालन गर्न नसके पिडितहरुलाई जिवन निर्वाह गर्न समस्या हुने बताएका छन ।

बझाङको जयपृथ्वी नगरपालिका, मष्टा, खप्तडछान्ना, थलारा, केदारस्यु“, वित्थडचिर गाउ“पालिकामा भएको क्षतीको स्थलगत निरिक्षण गरे पछि सभामुख थापाले सबै विपत पिडितहरुलाई राहत प्याकेजमा समेट नसकेको बताएका छन । ‘घर पुर्ण रुपमा क्षति भएको र मृत्यू भएका पिडितलाई मात्रै सरकारले राहत दिने निर्णय गरेको छ तर जिल्लामा जग्गा बगाएर सयौं परिवार सुकुम्बासी भएका छन ।’ थापाले भने ‘उनिहरुलाई राहत प्याकेजमा समेटन सकिएन भने धेरैले रुदै रुदै देश छोड्नु पर्ने अवस्था छ’ थापाले घर जोखिममा परेका, पशुपालन र अन्य उद्योगमा क्षति भएकाहरुलाई पनि राहत कार्यक्रमले समेटनु पर्ने बताए ।

सेती नदी, डुङग्रीगाड, बाहुलीगाड, जडारीगाड र कालंगागाड लगायत नदी र खोलाहरुले ५ हजार रोपनी भन्दा बढी जग्गा कटान गरेको बताउदै थापाले नदीले बगाएको ६० प्रतिशत भन्दा बढी जग्गालाई पुनखेती योग्य बनाउनका लागि पिडितहरुलाई अनुदान दिनु पर्ने बताए । ‘यो बर्ष हिउ“द भरी आफ्नो जग्गामा भएको ढुङगाहरु ह्टाउछन, खेत सम्याउछन । यो हिउ“दमा नभए पनि जेठ सम्म खेती गर्न मिल्ने गरी ६० प्रतिशत जग्गा पुर्न निर्माण गर्न सकिने अवस्था छ’ उनले भने ‘त्यसको लागि निश्चित मापदण्ड बनाएर किसानलाई कामको आधारमा दाम दिन व्यवस्था गर्नु पर्छ । त्यो रकमले पिडित परिवारले यो हिउ“द भरी परिवार पाल्न सकोस’ यसरी बगाएको जग्गा पुर्न निर्माण गर्दा अर्काे बर्षबाट आधा भन्दा बढी जग्गामा खेती हुन थाल्ने र धेरै परिवारलाई राहत हुने उनको बुझाई छ । उनले जग्गाको पुर्न निर्माण स“ग स“गै नदी नियन्त्रणका कामहरु पनि थाल्नु पर्ने बताए ।

आठ दिन सम्म जिल्लाका विभिन्न विपदग्रस्त क्षेत्रको भ्रमण पछि सभामुख थापाले बझाङमा अकल्पनीय क्षति भएको बताउदै यहा“का नागरिकको समस्यालाई तिनै तहका सरकारले सम्बोधन गर्नु पर्ने बताए । उनले कतिपय गाउ“ नै सार्नु पर्ने अवस्था रहेकोले जिल्ला भरी नै जोखिमको मापन गरेर जनताको ज्यान बचाउन तिर सबै तहका सरकारको ध्यान केन्द्रित हुनु पर्ने बताए । जिल्लामा भएको क्षतिको विवरण, पुर्न निर्माण र पुर्नस्थापनाको लागि सुदुरपश्चिम सरकारलाई आफुले पनि विषेश अनुरोध गर्ने थापाको भनाई छ ।  ‘मैले यो विषयमा मुख्यमन्त्रीलाई भेटेरै पनि अनुरोध गर्छु । यस विषयमा प्रदेश सभाको ध्यानाकर्षण गराउनका लागि पनि प्रयास गर्छु’ थापाले भने ‘बझाङ जिल्ला नै क्षतविक्षत भएको छ । यसलाई सामान्य विपदको रुपमा हेरियो भने धेरैको विचल्ली हुनेवाला छ’उनले प्रदेश सभा र प्रदेश सरकारको तर्फबाट बझाङको पुर्ननिर्माणका लागि विषेश कार्यक्रम संचालन गर्नका लागि संघिय सरकारको ध्यानाकर्षण गराउन पनि आफुले पहल गर्ने बताए ।