बझाङमा एमाले महाअधिवेशन प्रतिनिधी निर्विरोध

साइपालखवर
बझाङ– नेकपा एमाले बझाङले १० औं महाअधिवेशनमा सहभागि हुने प्रतिनिधी निर्विरोध चयन गरेको छ । जिल्ला कमिटी बैठक र पदाधिकारी बैठकले तिन दिन सम्म गरेको छलफल पछि महाअधिवेशन प्रनिधिनी सर्वसम्मत चयन भएको एमाले बझाङले जानकारी दिएको छ ।
जिल्ला कमिटीको बैठकले पदाधिकारीहरुलाई महाअधिवेशन प्रतिनिधीको टुङगो लगाउने जिम्मेवारी दिएको थियो । पदाधिकारी बैठकले गहन छलफल पछि १६ जना प्रतिनिधिको छनौट गरिएको एमाले सुदुरपश्चिम प्रदेश कमिटीका सदस्य समेत रहेका अनेरास्वियुका पुर्व अध्यक्ष ऐन महरले जानकारी दिए ।
बझाङबाट महाअधिवेशन प्रतिनिधीको लागि छनौट हुनेमा प्रदेश कमिटी सदस्य ऐन महर नेकपा जिल्ला अध्यक्ष दमन भण्डारी, संविधान सभा सदस्य तथा पुर्व जिल्ला अध्यक्ष अफिलाल ओखेडा, जयपृथ्वी नगरपालिकाका प्रमुख बिरेन्द्र खड्का, जिल्ला कमिटी सचिव आनन्दलाल बिश्वकर्मा, संविधान सभा सदस्य एल बि रावल छन ।
प्रयाग जोशी, जनकराज जोशी, पदम धामी , तल्कोट गाउ“पालिकाका अध्यक्ष लाल ब बिस्ट, जिसस प्रमुख खडक खड्का, संघिय सा“सद आसा बिक पनि प्रतिनिधीको रुपमा छनौट भएका छन । यस्तै भागरथि सिंह, जुना जाग्री, भगवती बोहरा र धन देबि कुवरलाई पनि महाअधिवेशन प्रतिनिधीमा चयन गरिएको महरले बताए ।