अनेरास्वियू बझाङको संयोजकमा दिलबहादुर खाती, पुसमा अधिवेशन गरिने

साइपालखवर

बझाङ– नेपाली विद्यार्थीहरुको सबै भन्दा ठुलो संगठन अखिले नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको बझाङ संयोजकमा दिलबहादुर खाती चयन भएका छन । वर्तमान अध्यक्ष प्रविन्द्र धामीले अनेरास्वियूको जिम्मेवारीबाट विदा लिए पछि सह संयोजक रहेका खातीलाई संयोजकको जिम्मेवारी दिइएको हो ।
अनेरास्वियूको कार्तिक २७ गते बसेको बैठकले जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीमा रुपान्तरण गर्दै संयोजकको जिम्मा खातीलाई दिएको हो । अखिलको १२ अधिवेशन आयोजक कमिटीको सहसंयोजकको जिम्मेवारी अर्का विद्यार्थी नेता पुस्कर दौल्याललाई दिइएको निवर्तमान अध्यक्ष तथा केन्द्रिय सचिवाल सदस्य प्रविन्द्र धामीले बताए ।
बैठकले आगामी पूस ११ र १२ गते सदरमुकाम चैनपुरमा अनेरास्वियूको १२ औं अधिवेशन आयोजन ागर्ने निर्णय समेत गरेको छ । निवर्तमान अध्यक्ष तथा केन्द्रिय सचिवाल सदस्य प्रविन्द्र धामीले १२ अधिवेशन भव्य रुपमा सम्पन्न गर्नका लागि तयारीमा जुटन सम्पुर्ण विद्यार्थीहरुलाई अपिल समेत गरेका छन ।