मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुले गर्यो बझाङमा मसाल जुलुस

प्रदेश बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ : पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले बझाङमा मसाल जुलुस निकालेको छ ।

बुधबार साँझ अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले नेकपा एमालेको पार्टी कार्यालय पानकोटबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो ।

अनेरास्ववियुका केन्द्रिय सदस्य अमित महरले जनतालाई संकट परेको वेला सरकारले साथ दिनुपर्नेमा अत्याधिक मूल्यवृद्धिले मारमा पारेको बताए । त्यस क्रममा प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो ।

हेर्नुस् तस्वीरहरु : 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *