माओवादी केन्द्र डडेलधुरा आलिताल गाउँपालिका को वडा अधिवेशनको समय तोकियो

साइपालखवर

अम्भिका विष्ट डडेलधुरा । डडेलधुरा जिल्लाको आलिताल गाउँपालिकामा माओबादी केन्द्रको वा अधिवेशनको समय अवधि तोकिएको छ । गाउँपालिकामा बुधबार बसेको पार्टीको गाउँ कमिटि बैठकले अधिवेशन समय तोकेको हो । बैठकमा प्रमुख अथिति पुर्ब राष्ट्रिय सभा सदस्य महेस महरा, बिशिष्ट अथितिमा कुन्ति जोशी, गाउँपालिका पार्टी इन्चार्ज छवि थापा, वडाकमीटी अध्यक्ष गणेश कामी, सहित सबै वडाका पार्टी पदाधिकारीहरुको उपस्थितिमा बसेको बैठकले अधिवेशन गर्ने निर्णय गरेको थियो । जसमा
वडा नम्बर १ मा मंसिर ८ गते, २ मा मंसिर ९ गते, ३ मा मंसिर ६ गते, ४ मा मंसिर ४ गते, ५ मा मंसिर ५ गते, ६ मा मंसिर ७ गते, ७ मा मंसिर ४ गते र ८ मा मंसिर ७ गते वडा अधिवेशन सम्पन्न गर्ने तयारी रहेको मोओवादी केन्द्रका आलिताल गाउँपालिका ४ का वडाकमिटि अध्यक्ष गोपाल कामीले बताउनुभयो ।