‘मालिकार्जुन’ राष्ट्रकै मुल धार्मीक सम्पदा हो : सार्बजनिक लेखा समितिकी सभापति बम

सरस्वती साफरी

दार्चुला । नेपाली काँग्रेसकी नेतृ तथा सुदूरपश्चिम प्रदेशकी सार्बजनिक लेखा समितिकी सभापति कुमारी नन्दा बमले दार्चुलामा रहेको ‘मालिकार्जुन’ राष्ट्रकै मुल धार्मीक सम्पदा रहेको बताउनुभएको छ । सभापती बमले बुधबार दार्चुलाको मलिकार्जुन गाउँपालिका – ३ मा लाग्ने मड जात्राको अवलोक गर्दै सो कुरा बताउनु भएको हो ।
‘देशकै सातौं धाम मध्ये दार्चुलामा रहेको मालिकार्जुन एक हो । उहाँले भन्नुभयो, ‘यसको महिमा विश्वभर फैलाउन सके यसको छुट्टै पहिचा हुन्थ्यो ।’ आफुपनि हरेका बर्ष पुजा गर्न आउने बताउदै उहाँले मालिकार्जुनमा मागेको सबैको मनाकामना पुरा हुन बताउनुभयो । मेला लाग्ने दिन दर्शनार्थीहरुको भिड धेरै हुने भएकोले यसलाई व्यवस्थित गरेर प्रचारप्रसार गर्नुपर्ने समेत बताउनुभयो । सुदूरपश्चिमको महत्व बोकेको मालिकार्जुन व्यवस्थित गर्न प्रदेश सरकार संग धेरै पटक दबाब दिएपनि कुनै सुनुवाई नभएको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘यो जात्रा सुदूरपश्चिको धार्मीक महत्वको जात्रा हो । तर, किन प्रदेश सरकारको ध्यान जान्न ? मैले धेरै पटक प्रदेश सरकारलाई दबाव दिएकी छु ।’ दुई बर्ष यता कोभिड –१९को. त्रासले तिर्थालुको सहभागिता कम भएपनि मालिकार्जुनमा अहिले बिस्तारै गति लिन थालेको छ । मालिकार्जुन धाम सुदुरपश्चिम लगाएत भारतको उत्तराखण्डका भत्तजनहरुको समेत घुइचो लागेको छ ।