नेकपा एमाले बाट र्निवाचित जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला सम्पन्न

साइपालखवर

बझाङ । बझाङमा नेकपा एमालेबाट र्निवाचित जनप्रर्तिनिधिहरुको जिल्ला स्तरिय भेला सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी बझाङले बुधबार नेकपा एमाले पार्टीकार्यालय पानकोटमा आफ्नो पार्टीबाट र्निवाचित भएका जनप्रर्तिनिधीहरुको जिल्ला स्तरिय भेला सम्पन्न गरेको छ । उक्त भेलामा गाउँपालिकाका अध्यक्षहरुले स्थानिय सरकार गठन भएपछी गाउँपालिकाले गरेका गतिविधीहरु र विकास र्निमाणका कामहरुको बारेमा मौखिक प्रर्तिवेदन समेत पार्टीले बोलाएको भेलामा प्रस्तुत गरेको छ । उक्त भेलामा बोल्दै तलकोट गाउाँलिका अध्यक्ष लाल बहादुर विष्टले स्थानिय सरकार २०७४ गठन भएपछी शिक्षा, स्वास्थ्य, यातायात र पुर्वाधारका क्षेत्रमा धेरै काम भए पनि अझै कतिपय काम गर्न बाँकी रहेको बताए ।
उक्त भेलाले पार्टी र जनप्रर्तिनिधी विचको सम्वन्ध शशक्त बनाउनका लागी उक्त भेलाको आयोजना गरिएको नेकपा एमालेका नेता अफिलाल ओखेडाले बताए । उक्त भेलामा केदारस्युँ गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र चार वटा वडा अध्यक्ष तथा एकृकीत समाज बादीमा लागेका जनप्रतिनिधीहरु बाहेक अन्य स्थानियतहका नेकपा एमालेबाट र्निवाचित सबै जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो । जसमा जिल्ला समन्वय समिती प्रमुख, नगर तथा गाउँपालिका प्रमुख, उप प्रमुख, कार्यालयपालिका सदस्य वडा अध्यक्ष, सदस्य लगाएत नेताहरुको सहभागिता रहेको थियो । कार्यक्रम पार्टी अध्यक्ष दमन भण्डारीको अध्यक्षतामा सुरु भएको थियो भने, प्रमुख अथितिमा पाटीर्का जिल्ला इन्चार्ज भैरव बहादुर सिंह रहनुभएको थियो । बझाङ जिल्लाका १२ वटा स्थानियतहमा ८ वटा स्थानियतहमा नेकपा एमालेले जितेको थियो ।