रिदम सिंह,
बझाङ
साहारा नेपालको आयोजनामा बुधबारबाट संञ्चालन भएको दुई दिने तालिम बिहिबार सम्पन्न भएको छ । स्थानिय सेवाग्राहीलाई सहज बनाउने र पालिकाले गर्ने सवै खालका सुचना माग्ने अधिकार भएकोले भन्दै सो कुराको जानकारी जनतामाझ गराउन उक्त तालिमको आयोजना गरिएको थियो । नगरपालिका तथा गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा सम्बन्धि अझै पनी धेरै स्थानिय अनबिज्ञ छन् । तिनै स्थानियको चेतनामा सुधार र स्थानियलाई सजग गराउन तालिमको आयोजना गरिएको साहारा नेपालका जिल्ला कार्यक्रम संयोजक डम्बर सुनारले बताउनु भयो ।
राज्यसँग जनताले धेरै प्रकारका सुचनाहरु माग्न सक्दछन् । राज्यले गोप्य राख्ने ५ प्रकारका सुचाना बाहेकका अन्य २० प्रकारका सुचना सहज रुपमा पाउ छन् । यदी नपाएको खण्डमा स्थानिय तहलाई खवरदारी गर्ने अधिकार समेत जनतामा रहेको साहारा नेपाल अन्र्तगत शुशासन परियोजनानका जयपृथ्वी नगरपालिकाका फिल्ड संयोजक देबराज बोहराले बताउनु भयो । स्थानिय सरकार वा अन्य जुनसुकै तहको सरकार भएपनी तिनिहरुले ल्याउने बजेटमा अझै पनी नागरिक बजेट समेट्न सर्किको छैन् । सामान्य ब्यत्तिबाहेका अन्य असामान्य ब्यक्तिहरुका लागी छुट्याइएको बजेट पनी पारदर्शी हुनु पर्ने हुन्छ ।
साहारा नेपालका जिल्ला कार्यक्रम संयोजक डम्बर सुनारले अझै पनी नेपालका सवै तहका सरकाले ल्याउने बजेटमा नागरिक बजेट समेट्न नसकिएको भन्दै नागरिक बजेटका बारेमा स्पष्ट पार्नु भएको थियो । त्यसैगरी नागरिक बजेटमा कती बजेट छ्ट्याईएको छ भनेर प्रष्टरुपमा सबै नागरिकले बुझ्न पढ्न सक्ने गरी सार्वजनिक गर्नु पर्ने सहभागीलाई जानकारी गराउनु भएको थियो । त्यसैगरी फिल्ड संयोजक देबराज बोहराले सरकारी निकाय होस् वा अन्य जुनसुकै निकाय भएपनी जनताले माग नगरेका तर सार्वजनिक गर्न मिल्ने खालका सवै सुचनाहरुलाई स्वतःस्फुर्त रुपमा सार्वजनिक गर्न पर्ने बताउन भएको थियो । साथै उहाले त्यस्ता सुचनाहरुलाई सम्बन्धित निकायले सवैले बुझने गरि सबै माध्यामहरुमा उपलब्ध गराउनु पर्ने र सकेसम्म बिजिटल माध्याम नै अपनाउनु पर्ने बिषयमा समेत जानकारी दिनु भएको थियो ।
यस्तै कार्यक्रममा साहारा नेपालका शुशासन परियोनाका शैक्षिक सल्लाहकार बिनोद उपाध्यायले सुचना पाउनु महत्वपूर्ण कुरा भएपनी सुचना पाई सकेपछी उत्त सुचनालाई प्रयोगमा ल्याउन सक्नु झन महत्वपूर्ण कुरा हो । बिभिन्न स्थानिय सरकारले दिने सुचनाहरुलाई अध्ययनगरी सुचना दिने निकायलाई नागरिकले सुझाव सल्लाह तथा खबरदारी गर्न सक्ने क्षमता स्थानिय सेवाग्राहीमा हुन जरुरी छ । साथै खबरदारी गरीएका बिषयमा स्थानिय सरकारले गुनासो सुुनुवाई गरी त्यस कार्यमा आगामी दिनमा कत्तिको सुधार भयो भन्ने पनी मुख्य बिषय हो ।
कार्यक्रमको सहजिकरण गर्दै साहारा नेपाल अन्र्तगत शुसासन परियोजनाका शैक्षिक सल्लाहकार बिनोद उपाध्यायले स्थानियले सुचनालाई प्राप्त गर्नु मात्र नभई पाएको सुचनालाई प्रयोगमा ल्याउन सकेपछी मात्र सुचना पाउनुको औचित्य हुने बताउनु भएको थियो । उहाँले भन्नुभयो “लोकतन्त्रको रक्षा स्वयम् नागरीकले गर्ने भएकोले बर्तमान संरचनामा लोकतन्त्रको रक्षक नेता नभई जनता भएको र जनता नै लोकतन्त्रको मालिक हुन्छ । त्यसैले लोकतन्त्रमा नागरिकले सुचना पाउने अधिकारको अधिकतम प्रयोग गरेमा आफ्नो सरकारलाई जवाफदेही र जिम्मेबार बनाउन सकिछ ।”
साहारा नेपालको आयोजनामा र जयपृथ्वी नगरपालिकाको सहकार्यमा संञ्चालन भएके उत्त कार्यक्रममा साहारा नेपाल अन्र्तगत शुशासन परियोजना शैक्षिक सल्लाहकार बिनोद उपाध्याय, जयपृथ्वी नगरपालिकाका फिल्ड संयोजक देबराज बोहरा, जिल्ला कार्यक्रम संयोजक डम्वर सुनारले यस बिषयमा गहिरो प्रशिक्षण दिनु भएको थियो । बुधबारबाट संञ्चालन भएको उक्त दुईदिने तालिम नगरपालिका भित्र रहेका कर्मचारी, आमासमुह, युवा महिला लगाएतकमा गरी ३० जना भन्दा बडीका सहभागिता रहेकको थियो । तालिम बिहिबार सम्पन्न भएको छ ।