खुल्याे ‘मिसेस नेपाल ग्ल्याम’ को आवेदन

अन्य मनोरञ्जन

काठमाडौं । ‘मिसेस नेपाल ग्ल्याम’को दोस्रो अडिसन सुरु भएको छ। आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले बुधबार विज्ञप्ति जारी गरी ‘मिसेस नेपाल ग्ल्याम २०१९’ को आवेदन खुला भएको जनाएको हो।

विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविश्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्ट प्रा.लिका प्रीति कार्कीले बताइन्।

प्रतियोगिताका लागि २० देखि ४५ वर्षसम्मका विवाहित महिलाले आवेदन भर्न सक्नेछन्। प्रतियोगिताको पहिलो अडिसन यही फागुन २५ गते बानेश्वरस्थित होटल रानीमहलमा आयोजना हुनेछ।

सहभागी हुन चाँहनेले होटलरानी महलबाट आवेदन फर्म भर्न सक्नेछन्। शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगीताको कोरियोग्राफी आश्विनी झाले गर्नेछन् । आश्विनी नेपालका चर्चित तथा सबैभन्दा ब्यास्त कोरियोग्राफर हुन्।

प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगिलाई सञ्चार कला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङ सेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धामा उतारिने कार्यक्रम संयोजक आकाश गिरीले बताए।

गतवर्ष ‘मिसेस नेपाल ग्ल्याम २०१८’को उपाधि अलाइजा महर्जनले जितेकी थिइन्। महर्जन नेपालको प्रतिनिधित्व गर्दै ‘सिंगापुरमा आयोजित अन्तराष्ट्रिय सौदर्य प्रतियोगिता ‘मिसेस इन्टरनेशनल २०१८’मा सहभागी भएकी थिइन्।

सो प्रतियोगिताबाट उनले ‘कन्टेस्टेन्ट अफ दि इयर’, ‘मष्ट इन्टेलेक्च्युअल ब्युटि’, ‘बेष्ट सेल्फ इन्टरडक्सन’ र ‘बेष्ट टेवल सेटअफ’ उपाधि समेत नेपाल भित्रर्याएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *