नेकपा विप्लवका नेता भरत मल्लको घरको जिल्ला अदालत कैलाली पक्राउ पुर्जी टाँसेको छ । उनलाई ३५ दिन भित्र आफै उपस्थित हुन वा पक्राउ परेर आउनु भन्दै केदारस्युँ गाउँपालिका स्थित उनको घरमा पक्राउ पुर्जी टाँस गरिएको हो ।
पक्राउ पुर्जीमा यस अघि जारी भएको पक्राउ पुर्जी अनुसार उनि पक्राउ नपरेकाले ३५ दिने पक्राउ पुर्जी जारी गरिएको र बाटोको म्याद बाहेक सो अवधीमा उपस्थित नभए कानुन बमोजिम कारबाही गरिने उल्लेख छ ।
मल्ललाई बझाङ प्रहरीले प्रहरीले २०७५ साल चैत्र २८ गते पक्राउ गरेको थियो । पक्राउ पछि उनको घरमा छापा मार्दा पेस्तोल सहित विस्फोटक पदार्थ पनि बरामद गरिएको थियो । उनलाई राज्यद्रोह, ज्यान, हातहतियार, बम विस्फोट र संगठित अपराध सम्बन्धी मुद्धा लगाइएको छ ।

बझाङमा पक्राउ परेका मल्ललाई ६ दिन जिल्ला कारागारमा राखे पछि कैलाली कारागार सरुवा गरेको थियो । उनि झण्डै डेढ महिना कैलाली कारागारमा बसेर गत असारमा तारिखमा रिहा भएका थिए । कारागार मुक्त भए पछि पुन विप्लवका गतिविधीमा सक्रिय भएका मल्ललाई गत साउन २ गते अछाम प्रहरीले पक्राउ गरी सोही दिन छोडेको थियो ।
पक्राउ पुर्जीको बारेमा प्रतिक्रीया दिदै मल्लले आफ्नो घरमा पक्राउ पुर्जी टाँसेर राज्यले बहादुरी नगरेको बताए । उनले राज्यको सिमा मिचिएको वेलामा त्यस विरुद्ध लाग्न छोडेर आफ्नो घरमा पक्राउ पुर्जी टाँस्नु हास्यास्पद भएको प्रतिक्रिया दिए । ‘कालापानी र लिपुलेकमा गएर नेपालको झण्डा गाड्ने बेलामा मेरो घरमा पुर्जी टाँसेको सुन्दा हाँसो लागेको छ’ उनले भने ‘म राष्ट्रियताको लडाईमा लागि सकेको मान्छे लाई यसले फरक पर्दैन’ उनले विप्लवले क्रान्ती छोडे पनि आफु भने नछोड्ने बताए ।
