बझाङ–जिल्लामा हुने कुरीती कुसंस्कार विरुद्ध सचेतना फैलाउन प्रहरीले अभियान थालेको छ । जिल्ला प्रहरी कार्यालय बझाङले विभिन्न विद्यालय, गा“उ बस्तीहरु हानिकारक चालचलन विरुद्ध सचेतनामुलक कार्यक्रम सुरु गरेको हो ।
र्याली, सडक नाटक, अन्र्तक्रिया, देउडा जस्ता माध्ययमबाट विभिन्न खालका हिंसा, मदिरा, जुवातास, लागुऔषध सेवन तथा ओसारपसार, मानव बेचविखन, लगायतका विषयमा चेतनामुलक कार्यक्रम थालनी गरेको प्रहरीले जनाएको छ ।
‘यहा“ हुने विभिन्न खालको अपराधहरुलाई हानिकारक व्यवहार, कुसंस्कार र अन्धविश्वासले बल पुर्याएको देखिन्छ’ डियसपी गणेश बमले भने ‘यस्ता सामाजिक व्यवहार परिर्वतन गर्न सकेमा अपराधका घटनाहरुमा न्युनिकरण हुने देखेर यो अभियान थालेका हौ’ उनले आमा समुह, युवा कल्व लगायतका समुदाय स्तरका संघ संस्था र स्थानिय तहहरु स“ग सहकार्य गरेर अभियानलाई व्यापकता दिने बताए ।
यो स“गै प्रहरीले मदिरा सेवन, बेचविखन नियन्त्रण तथा लागु औसध विरुद्ध कारवाही पनि थालेको छ । गत साताबाट सुरु गरिएको कारवाहीको अभियानका क्रममा विभिन्न ठा“उमा खेती गरिएको र प्राकृतिक रुपमा उम्रीएको गाजा“ फडानी गरेको र एक साता भित्रै १४ किलो चरेस सहित पा“च जनालाई पक्राउ समेत गरेको छ । गत हप्ता मात्र सदरमुकाम चैनपुरमा रहेका होटेल तथा पसलहरुमा छापा मारेर २ हजार ५ सय ९६ लिटर अवैध मदीरा नियन्त्रणमा लिएको थियो । उक्त मदिरा नष्ट गरिएको र लाइसेन्स प्राप्त व्यक्तीहरुले विक्री गर्ने मदिरालाई पनि नियमन गर्न थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले स्थानिय तह स“ग सहकार्य गरेर सेती नदी र बाउली खोलामा भइरहेको नदी जन्य पदार्थको अवैध दोहन रोक्नका लागि पनि काम थालेको बताएको छ ।
प्रहरीको अभियान र सक्रियताले अपराधका घटनाहरुमा कमि आउने अपेक्षा गरिएको यहा“का स्थानियले बताएका छन । ‘अपराध भै सके पछि कारवाही गर्नु भन्दा पनि बझाङ जस्तो ठाउ“मा यस्ता खालका सचेतनामुलक कार्यक्रमहरु आवश्यक छन’ नागरिक समाजका अगुवा धर्मजंङ बहादुर सिंहले भने ‘प्रहरीले अपराध नियन्त्रण स“ग स“गै रोकथामका लागि संचालन गरेको यो अभियानले समाज सुधार्न सकारात्मक भुमिका खेल्ने छ भन्ने आशा छ’ उनले यहा“का धेरै गाउ“ बस्तीमा अझै पनि सरकारी निति नियम र हानिकारक व्यवहारको बारेमा चेतना नपुगेकोले यस्ता कार्यक्रमहरु आवश्यक रहेको बताए ।