सत्यराज सिंह बझाङ । नेपाल राष्ट्रिय शिक्षक संगठन बझाङको १२ औं जिल्ला अधिवेशनले श्याम प्रसाद जोशीको अध्यक्षतामा २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संगठनको विहिबार सदरमुकाम चैनपुरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा मदन बहादुर साउँद र सुशिला खड्का, सचिवमा दिपेन्द्र बहादुर खड्का, सहसचिवमा देवकी जोशी र कोषाध्यक्षमा मदनराज उपाध्याय, सह कोषाध्यक्षमा जानकी विष्ट चयन भएका छन् ।
कार्यसमिति सदस्यमा भुगोल बाट २ जना नगरपालिका बाट र १ जना गाउँपालिकाबाट गरी २ नगरपालिका र १० वटा गाउँपालिका बाट १४ जना सदस्यमा कार्य समितीमा समावेश गरिएका छन् । जसमा जयपृथ्वी नगरपालिका बाट सुदिप धामी, दिनेश रोकाया,बुंगल नगरपालिकाबाट रमेश बहादुर बोहरा, धना कुमारी चलाउने, वित्थडचिर गाउँपलिकाबाट दान बहादुर विश्वकर्मा, केदारस्युँबाट विक्रम बहादुर भण्डारी, दुर्गाथलीबाट ओमजंग कठायत, थलाराबाट शिवराज उपाध्याय, छविसपाथिभेराबाट मकर बहादुर कठायत, खप्तडछान्नाबाट चनु गिरी, मष्टाबाट मदन बहादुर बोहरा, साइपालबाट मुक्तिनाथ उपाध्याय र सुर्मा गाउँपालिकाबाट बम बहादुर बोहरा लगायत जिल्ला कमिटी सदस्यमा आएका हुन् ।
त्यस्तै महिला सदस्यमा उतरा कुमारी सिंह, कविता जोशी, विनिता जेठारा, पार्वती मल्ल गरी ४ जना, संस्थागत सदस्यमा पदम बहादुर विष्ट, समावेशी खुल्लामा नन्दलाल नेपाली र जयराज विक गरी २ जना कार्य जिल्ला कार्य समितीमा आएका हुन् । महाधिवेशन प्रतिनिधिमा भने बिनोद बहादुर सिंह, हिरेन्द्र बहादुर सिंह, राजेन्द्र प्रसाद जोशी, कुम्भराज राना र गंगा बोगटी छनोट भएका छन् ।
