बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ७ पुग्यो

साइपालखवर
बझाङ । बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा केदारस्युँ(१ देउरा बस्दै आएका एक ७० वर्षीय वृद्ध रहेका छन् ।

उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो । विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए । बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

योसँगै बझाङमा कोरोना संक्रमणबाट वैशाख महिनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ । शुक्रबार वेलुका मात्रै खप्तडछान्ना ५ का एक ३७ वर्षीय शिक्षक कोराना संक्रमणकै कारण मृत्यु भएको छ ।