बझाङ : सानिगाड हाइड्रोपावर लिमिटेडले साधारण सेयर आईपीओ निष्कासन गर्ने भएको छ । रजिष्टर्ड कार्यालय धोवीघाट, ललितपुर रही बझाङ जिल्ला बुंगल नगरपालिकामा आयोजना क्षेत्र रहेको सानिगाड हाइड्रो लिमिटेडको सर्वसाधारणहरुको लागि निष्कासन गर्ने १०० रूपैयाँ अकिंत दरको साधारण सेयर ६७ लाख ५० हजार कित्ता (आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारण समेत) का लागि निष्कासन गर्न सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
साधारण सेयर निष्कासन कार्यको लागि कम्पनीको तर्फबाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठका बीच कम्पनीको रजिष्टर्ड कार्यालय धोवीघाट, लिलितपुरमा द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरी निकट भविष्यमा उक्त साधारण सेयर निष्कासन गरिने सम्झौता गरिएको छ ।
जारी पूँजी रु.२ करोड २५ लाख रहेको सानिगाड हाइड्रो लिमिटेडकोे विद्युत उत्पादनको क्षमता ३८.४६ मे.वा. रहेको छ । उक्त कम्पनीको आयोजना निर्माण कार्य सम्पन्न भई केही साताभित्र विद्युत् उत्पादन हुने कम्पनीले जनाएको छ ।