सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ : सरकारी वकील कार्यालय बझाङको नवनिर्मित भवन उद्घाटन गरिएको छ । भवनको बिहीबार नेपाल सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीले गर्नुभएको हो । उद्घाटनपछि महान्यायाधिवक्ता खातीले भवनको निरीक्षण समेत गर्नुभयो । भवन उद्घाटनका क्रममा उहाँले देशभरमा भवन निमार्ण भएको भन्दै यी भवनहरुबाट पिडितलाई न्याय दिने र पिडितले न्याय प्राप्त गर्ने अड्डा भएकोले पिडितमैत्रि सहितको कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो ।

समुदायमा सरकारी वकील कार्यालय सञ्चालन भएको र यसका काम के कसरी हुन्छ भन्ने विषयमा समुदायका नागरिकलाई जानकारी दिनुपर्ने खातीले बताउनुभयो । अबको दिनमा बझाङ जिल्लामा पनि भवन निमार्ण सँगै न्याय सम्पादन गर्न समेत सहज हुने कुरामा जोड दिनुभयो । भाडामा सञ्चालन हुँदै आएको भाडामा सञ्चालन हुँदै सरकारी वकील कार्यालय बझाङको आफ्नै भवन बनेपछि अब न्याय सम्पादन गर्न सहज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *