बझाङमा बालिका बलात्कार गर्ने एक जना पक्राउ

भुवन बहादुर सिंह

बझाङ-बझाङमा किशोरीमाथि बलत्कारको प्रयास गरेको आरोपमा एक युवालाई प्रहरीले प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा मष्टा गाउँपालिका २खिकालाका १९ बर्षिप राजेन्द विक रहेका छन् । विकले भदौ ४ गते बेलुकी सोही ठाउँकी १६बर्षिय किशोरीमाथि बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । धारामा पानी भर्न गएकी किशोरीलाई विकले जबरजस्ती तानी आफ्नो गोठ भित्र लगेर बलात्कारको प्रयास गरेकोे अनुसन्धानमा खुल्न आएको डियपी रुपक खड्काले जानकारी दिए् । बलात्कारको प्रयास भएको सूचना प्राप्त हुन साथ घटनास्थलमा गई राजेन्द विकलाई भदौ ५ गते उनकै घरबाट पक्राउ गरी जवरवस्ती करणी उघोगमा मुद्धा दर्ता गरी अनुुसन्धान भई रहेको डियपी खड्काले बताए ।