एमाले बझाङ जिल्ला अधिवेशन :अध्यक्षमा भण्डारी निर्विरोध 

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेपाल कम्युनिष्ट पार्टी(एमाले) बझाङको ८ औं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्ष पदमा दमन भण्डारी निर्विरोध चयन भएका छन् ।

शनिबार भएको निर्वाचन प्रकृयामा एकल उम्मेदवारी परेपछि भण्डारी निर्विरोध निर्वाचित भएका हुन् । भण्डारी अघिल्लो कार्यकालमा समेत अध्यक्ष रहेका थिए । भण्डारी कानुन व्यवसायी समेत हुन् ।

अधिवेशनमा सचिवमा नयन बोहरा, लोकेन्द्र हिलारी, लोकेन्द्र बहादुर सिंह (एलवी) र आनन्दलाल विक गरी ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा मोहनराज जोशी र विरेन्द्र बहादुर खड्का गरी २ जनाको उम्मेदवारी परेको छ ।

यस्तै उपसचिवमा भागरथी देवी सिंह, लाल बहादुर विष्ट, जुना जाग्री, घुरन बहादुर बोहरा र भुवनेश्वर उपाध्याय गरी ५ जनाको उम्मेदवारी परेको छ ।
खुल्ला सदस्य १४ जनाका लागि ३४ जनाको उम्मेदवारी परेको छ । ८ जना खुल्ला महिला सदस्यका लागि १० जनाको उम्मेदवारी परेको नेकपा एमाले जिल्ला निर्वाचन समितिका निर्वाचन अधिकृत दिनेश धामीले बताए ।

अधिवेशनमा अहिले उम्मेदवारको नाम संसोधन, फिर्ता तथा दाबी विरोधको गर्ने काम भईरहेको छ । अध्यक्ष जस्तै अन्य पदका लागि पनि सर्वसम्मत गराउने प्रयास जारी रहेको बताइएको छ ।

सर्वसम्मत नभए केही समयपछि निर्वाचनका लागि मतदान प्रकृया थालिने तयारी भएको समेत निर्वाचन अधिकृत धामीको भनाई छ । बुधबारबाट सुरु भएको अधिवेशनका लागि ८ सय ९५ जना प्रतिनिधि सहभागी भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *