बझाङ प्रदेशसभा उपनिर्वाचनमा पर्यटन व्यवसायी खड्काको राप्रपाबाट उम्मेदवारी घोषणा

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बझाङ जिल्ला प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्यको उपनिर्वाचनमा पार्टीको तर्फबाट किशोर खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार बझाङको सदरमुकाम चैनपुरमा पत्रकार सम्मेलन गर्दै पर्यटन व्यवसायमा आबद्ध रहेका खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेका हो ।

प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको गाढी दुर्घटनामा परि निधन भए पछि रिक्त रहेको प्रदेश सभा सदस्य पदमा आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ ।

केहि समय पत्रकारिता गरेर पर्यटन व्यवसाय गर्दै आएका खड्कालाई पत्रकार सम्मेलन गरी उम्मेदवारको रुपमा अगाडि सारेको राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष विरेन्द्र बहादुर मल्लले बताए ।

खड्काले आफुले पर्यटनको विकासलाई मुल मुद्दा बनाएर अगाडी बढेको र यसमा सबैले हातेमालो गरेर आफुलाई सहयोग गरिदिन अनुरोध समेत गरेको बताए । निर्वाचन आयोगले चैत २४ मा उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *