फोटो क्याप्सन ः सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा अस्थायी रुपमा स्थापना गरिएको जयपृथ्वीको शालिक । तस्विर : वसन्तप्रताप सिंह ।

जब मध्यरातमा चोकमा शालिक ठडियो…..

साइपालखवर सम्बाददाता
बझाङ– सदरमुकाम चैनपुरको मुख्य भागमा रहेको लोकतान्त्रिक चोक स“गै जोडिएको घरमा फेन्सी व्यापार गर्ने केशवराज जोशी मंगलबार सा“झ १० बजे तिर मात्रै पसल बन्द गरेका थिए । ११ बजे तिर उनि सुत्दा चोकमा कसैको चहल पहल थिएन । चोकमात्रै होइन, सिंगो चैनपुर बजार नै शान्त थियो ।
विहान ६ बजे तिर उठेर पसल खोल्न बाहिर निस्कीदा जोशी चकित परे । हिजो राती सम्म सडक मात्रै भएको चोकमा त शालिक ठडिएको रहेछ । नजिक गएर हेरे शालिक जयपृथ्वी बहादुर सिंहको रहेछ । शालिकको मुनी घातुको प्लेटमा ‘असतोमा सदगमय, तमसोमा ज्योर्तिगमयः मानवता वादी राजा जयपृथ्वी बहादुर सिंह विसं १९३४–१९९७’ लेखिएको थियो । मध्यरातमा शालिक कसले स्थापना गरेको रहेछ भन्ने केही खुलाएको थिएन । लगतै उनले फोटो खिचे र फेसबुकमा पोष्ट गरे । उनले फोटोको विवरण राख्दै लेखेका थिए । ‘राती सुत्दा सम्म केही थिएन । विहानै उठ्दा यस्तो देखियो । जसले यो काम गरे सा“च्चै राम्रो गरे’
त्यतिन्जेल चोक वरीपरीका अरु मानिस पनि व्यु“झिए । चोकको बाटो भएर तलमाथी गर्नेहरु पनि झुम्मिए । हिजो सम्म केही नभएको चोकमा एकाविहानै जयपृथ्वीको शालिक ठडिएको देखेर सबै छक्क पर्थे । कसले स्थापना गरेको हो भन्ने थाहा नपाए पनि शालिक स्थापना गर्नेलाई धन्यवाद दिदै सामाजिक संजालहरुमा फोटो पोष्ट गर्ने क्रम बढ्दै थियो । यो क्रम बझाङमा मात्रै सिमित भएन । जिल्ला बाहिर र देश बाहिर रहेकाहरु पनि शालिक स्थापना भएको खुशियालीमा स्टाटसहरु पोस्ट गर्न थाले । एकाएक संजालका भिताहरु जयपृथ्वीको शालिकका तस्विरले रंगिए ।
‘स्वदेशे पुज्येत राजा विद्धान सर्वत्र पुज्येत’ भन्दै अमेरीकाबाट विष्णु जोशीले लेखेका छन ।‘राणा शाशकहरु आफ्ना सन्तानलाई पढन दार्जिलिङ र वेलायत पढाउथे तर जनताका लागि स्कुल खोल्न पनि रोक लगाउथे । त्यो जमानामा जयपृथ्वीले आफ्नो श्रीपेच दाउमा राखेर जनता पढाए। त्यसैले त कैयौं निरंकुसका शालिक ढलीरहदा जयपृथ्वीका शालिक सम्मानका साथ ठडिइरहेका छन ।’
बझाङ जिल्लामा जयपृथ्वीको नाम उच्च सम्मानका साथ स्मरण गरिन्छ । मानवताको संन्देश बोकेर जिल्ला मात्रै नभएर विश्वभ्रमण गरी नेपाललाई अन्तराष्ट्रिय जगतमा चिनाउने, शिक्षा, कानुन, सार्वनजिक सेवा लाई जनमुखी बनाउन प्रयास गर्ने र थुप्रै सामाजिक सुधारका काम गरेका जयपृथ्वीलाई राष्ट्रिय विभुति घोषणा गरिनु पर्छ भन्ने आवाज बेला बेला उठ्ने गर्छ । बझाङ जिल्लामा पनि उनकै नाममा जयपृथ्वी नगरपालिकाको नामाकरण गरिएको छ । देशले नै गौरव गर्ने व्यक्ती जन्मेको जिल्लामा उनको एउटा शालिक समेत नरहेको भन्दै आलोचना हुदै आएको सन्र्दभमा सदरमुकामको मुख्य चोकमा राखिएको अर्धकदको जयपृथ्वीको शालिकले सबैलाई खुशी बनाएको छ ।

फोटो क्याप्सन ः सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा अस्थायी रुपमा स्थापना गरिएको जयपृथ्वीको शालिक । तस्विर : वसन्तप्रताप सिंह ।
फोटो क्याप्सन : सदरमुकाम चैनपुरको लोकतान्त्रिक चोकमा अस्थायी रुपमा स्थापना गरिएको जयपृथ्वीको शालिक । तस्विर : साइपालखबर डटकम।

एकाविहानै जिल्ला बासिलाई खुशीको खवर संचार गर्ने यो शालिक यही चोकमा भने चार दिन मात्रै रहने छ । यो शालिक बझाङगी भाषाको चलचित्र छाया“कन टोलीले स्थापना गरेका हुन । पहिलो पटक बझाङगी भाषामा बन्न लागेको चलचित्र (नाम सार्वजनिक भएको छैन) छाया“कनको कथा बस्तुका आधारमा नगरपालिकाको अनुमती लिएर चार दिनका लागि मात्रै यहा“ शालिक राखिएको चलचित्रका कलाकार निलगगन रोशन सिंहले जानकारी दिए ।
‘हामीले बझाङी भाषाको पहिलो चलचित्र बनाउदै गर्दा बझाङ चिनाउने राम्रो कुरा के हुन सक्ला भनेर खोजिरहेका थियौं । जयपृथ्वी चै छुटाउनु हुन्न भन्ने भएर उहा“को शालिक नजिक छाया“कन गर्ने योजना बनायौं तर जिल्लामा सबैले देख्ने ठाउ“मा उहा“को शालिक नै रहेछनं’ चलचित्रका निर्देशक प्रविन रोकायाले भने ‘अनि आफ्नै लगानीमा शालिक बनाएर त्यहा“ स्थापना गरेका हौं’ उनले फिल्म छाया“कन हुन्जेल शालिक अहिले भएको ठाउ“मा राखिने र त्यस पछि नगरपालिका स“ग समन्वय गरेर अर्काे उपयुक्त ठाउ“मा सारिने बताए ।
जयपृथ्वी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मंगलबहादुर शाहीले कलाकारहरुले शालिक निर्माण गरेकोमा धन्यवाद दिदै उपयुक्त स्थानमा स्थायी रुपमा शालिक स्थापना गर्न नगरपालिकाले पहल गर्ने बताए । ‘चोकमा ठाउ“ सा“घुरो भएकाले उपयुक्त हुदैन । त्यसैले खुला मंच वा अन्य कुनै सार्वजनिक ठाउ“मा शालिक राख्ने सोच बनाएका छौ । यसको लागि नगरपालिकाले आवश्यक व्यवस्थापन गर्नेछ’ यद्यपी जिल्लाका स्थानियले भने अहिले राखिएकै ठा“उमा कम स्थान खर्च हुनेखालको प्रविधिको प्रयोग गरेर शालिक स्थापना गरिनु पर्ने बताएका छन ।