बझाङ- अन्तराष्ट्रिय बालिका दिवसको अवसरमा बझाङमा एक कार्यक्रम सम्पन्न भएको छ । पिसविन बझाङको आयोजनामा जिल्लाको जयपृथ्वी नगरपालिका १० को वालमन्दिर निमाविमा कार्यक्रम सम्पन्न भएको हो ।
पिसविन बझाङको आयोजनामा आधुनिक पुस्ता र हाम्रो पुस्ताका बिषयमा बालिकाहरुका अनुभव आदान प्रदान गर्ने कार्यक्रम आयोजना गरिएको थियो ।कार्यक्रममा ५ जना किशोरीहरुले भाग लिएका थिए । उनिहरुलाई आयोजकको तर्फकाट पुरुस्कार समेत बितरण गरिएको थियो ।
वालमन्दिर निमाविमका भुपु प्रधानाध्यापक सर्मिला जोशीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अथिति सोही विद्यालयका शिक्षक केशव जोशी रहेका थिए ।उक्त कार्यक्रममा वालक्लव, जुनियर स्काउटका प्रतिनिधि र पिसविन बझाङका फिल्ड सुपरभाईजर भुवन बहादुर सिंह लगायतको सहभागीता रहेको थियो ।
