अन्तर्वार्तामा सहभागी बझाङका दुइसहित ४ जना नक्कली परीक्षार्थी पक्राउ

समाचार सुदुरपश्चिम

झलक पाली

डोटी । डोटीमा प्रहरी भर्नाको अन्तर्वार्तामा सहभागी भएका ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
प्रहरी तालिम केन्द्र दिपायलमा अन्तर्वार्ता दिन पुगेका
दुई जनालाई आज शुक्रबार पक्राउ गरिएको हो भने एक जना यहि श्रावण १० गते र एक जना हिजो श्रावण १४ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जसमध्ये दुइ जना कैलाली र दुइ जना बझाङका रहेका छन् ।
उनीहरुले सक्कली परीक्षार्थीसङ्ग न्युनतम १ लाखदेखि २ लाखसम्म रकम लिएर नक्कली परीक्षार्थी बनेका पाइएको प्रहरी श्रोतले जनाएको छ ।
अन्तर्वार्ताका क्रममा शंकास्पद देखिएपछी पक्राउ परेका नक्कली परीक्षार्थी र रकम दिई अन्तर्वार्तामा अर्को व्यक्ति पठाउने दुवैलाई ‘किर्ते मुद्दामा’ आवश्यक कानुनी कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय डोटी प्रमुख प्रहरी उपरीक्षक दान बहादुर मल्लले बताए ।
लिखित परीक्षामा पनि नक्कली परीक्षार्थी फेला पर्दै आएकोमा अन्तर्वार्तामा समेत नक्कली परीक्षार्थी फेला पर्न थालेका छन् ।
अभिभावकहरु समेतको लापरबाही र परीक्षाको आवश्यक तयारी गर्ने तरिका थाहा नपाई गलत बाटो रोज्दा उनीहरुको जीवन बर्बाद हुने एवं आउँदा दिनमा पनि यसबाट नकारात्मक सन्देश जाने हुँदा सबैले सचेत रहन प्रहरी उपरीक्षक मल्लले सबैलाई आग्रह गरेका छन् ।
प्रहरी भर्ना हुँदा परीक्षा पास गर्ने आइडिया बारे रिटायर्ड प्रहरी अधिकृतहरु, वर्तमान सेवारत प्रहरी अधिकृतहरुबाट सहयोग लिएर परीक्षार्थीले स्वविवेकले परीक्षा दिनुपर्ने उनलेे बताए ।
प्रहरी तालीम केन्द्र दिपायलमा यही श्रावण ७ गतेदेखि पर्सि १७ गतेसम्म प्रहरी भर्नाको अन्तर्वार्ता चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *