अर्थजङ्ग शाही : बझाङमा नेकपा एमालेबाट प्रतिनिधी सभा सदस्यका उम्मेदवार बनेका युवा नेता ऐन महरले गठबन्धनका रङ्गीबिरङ्गी पार्टीहरुले कुनै पनि गन्तव्यमा नपुर्याउने बताएका छन् ।
तलकोट गाउँपालिकामा घरदैलो अभियानको क्रममा बोल्दै नेता महरले गठबन्धन आफु र आफ्नाहरुको सिट सुरक्षित गर्न बनेको आरोप समेत लगाएका छन् ।
चुनावमा गठबन्धन एजेन्डा,निति स्पष्ट नभएर प्रस्तुत भएको र चुनाव जितेर के गर्ने भन्ने टुङ्गो समेत नरहेको बताए ।
उनले भने,‘गठबन्धनको कुनै भरोसा छैन् । गठबन्धन रहने नरहने कुराको निश्चित छैन् ।’ ‘गठबन्धनको नेतृत्वको टुङ्गो लागेको छैन् ।’
नेता महरले एमालेले जनताको मुद्धा, जनताका एजेण्डा बोकेकाले सुर्यमा मत दिएर एमालेलाई जिताउन आग्रह गरेका छन् ।
