नेशनल लाइफ इन्सुरेन्स कम्पनीद्धारा अभिकर्ताका लागी पुर्नताजगि तालिम सम्पन्न 

रिदम सिंह, बझाङ । नेशनल लाइफ इन्सुरेन्स कम्पनीको अभिकर्ता आधारभुत तथा पुर्नताजगि तालिम सम्पन्न भएको छ । नेशनल लाइफ इन्सुरेन्स कम्पनी बझाङ शाखाको आयोजनामा उक्त कार्यक्रम संञ्चालन गरिएको हो । कम्पनीमा काम गर्दै आएका कर्मचारी र एजेण्टहरुका लागी कम्पन्नीको केन्दीय कार्यालयका प्रमुख कार्यकारी अधिकृतसहितको टोलीले विमा भनेको के हो ? विमाका फाइदाका बारेमा जानकारी गराएका थिए ।

नेशनल लाइफ इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शुरेश प्रसाद खत्रीले अहिले विभिन्न विमा कम्पनीहरुले जीवन विमा गराउने गरेको बताउँदै नेशनल लाइफ इन्सुरेन्सले जस्तो विमा सुविधा र बनोस दिने अरु कुनै कम्पनी नरहेको बताए । देशमा दर्जनौ कम्पनीहरुले विमा गराइरहेको भएपनि नेशनल लाइफ इन्सुरेन्स कम्पनी नै सवैभन्दा भर पर्दाे र विश्वासिलो कम्पनी भएको बताए ।

अभिकर्ता पुर्नताजगि तालिमका लागी बझाङ पुगेका खत्रीले कम्पनीले राखेको लक्ष्य अनुसारको विमाङ्क उठाउन सक्ने अभिकर्ताका लागी कम्पनीले सेवा सुविधा तथा सम्मानका लागी पछाडी नहट्ने समेत बताए । अभिकर्ताहरुले विमितहरुलाई विमा गराउनका लागी दिने उत्प्रेरणाले पनि अधिकांस नागरिकलाई विमाको दयारामा ल्याउन सकिने भएका कारण अभिकर्ताहरुको सल्लाह पनि महत्वपूर्ण रहने बताए । साथै बझाङ जिल्लामा नेशनल लाइफ इन्सुरेन्स कम्पनीले राम्रो विमाङ्क बाफतको रकम उठाउने गरेको समेत बताउनु भयो ।

त्यसैगरी नेशनल लाइफ इन्सुरेन्स कम्पनीको आयेजनामा जिल्लाको जयपृथ्वी नगरपालिका वडा नं. ११ को सत्यवादी मावि भोपुर, केदारस्यूँ गाउँपालिकाको वडा नं. ९ मा रहेको भैरव मावि झोतामा विद्यार्थीहरुका लागी सचेतना कार्यक्रम तथा शिक्षकहरुलाई सम्मान गर्ने कार्यक्रम गरिएको नेशनल लाइफ इन्सुरेन्स कम्पनीका बझाङका प्रमुख वसन्त खत्रीले बताए ।