भानुभक्त जाेशीविरुद्ध कांग्रेस नेताको बागी उम्मेदवारी

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : बझाङबाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेका नेकपा एसका स्थायी कमिटी सदस्य भानुभक्त जाेशीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् ।

कांग्रेसका पुर्व पार्टी सभापती हर्कजंङ्ग बहादुर सिंहले उम्मेदवारी दिएको बताएका छन् ।

नेपाली कांग्रेसको बलियो संगठन भएको ठाउँमा गठबन्धनका नाममा पार्टी संरचना भत्कने खतरालाई जोगाउन आफूले उम्मेदवारी दिएको सिंहले बताए ।

उनले पार्टीभित्र मौलाएको गलत प्रवृत्ति रोक्न र खबरदारी गर्नका लागि आफ्नो उम्मेदवारी दिएकाे भनाई छ ।

सिंहले पहिलेबाटै चुनावमा गठबन्धन गरेर पार्टी संरचना ध्वस्त हुने बताउँदै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *