जयपृथ्वीमा एमालेबाट मेयरका लागि तिनजना सिफारिस, गठबन्धनको बैठकै बस्न सकेन

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

 बझाङ- नेकपा एमालेले बझाङको जयपृथ्वी नगरपालिकाको मेयरका लागि तिनजनाको नाम सिफारिस गरेको छ । एमाले नगर कमिटीले अहिलेकी उपप्रमुख जुना जाग्री, जयपृथ्वी नगरपालिका ७ का वडाअध्यक्ष हरिचन्द्र जोशी, २०७४ सालमा मेयरका दावेदार तथा आकांक्षी, हाल नेकपा एमाले जिल्ला कमिटी सह–सचिव सुरत बहादुर सिंहको नाम प्रदेश कार्यसमितिमा सिफारिस भएको हो ।

मेयरमा जनता देखी नेताहरुले समेत सिंहले टिकट पाउनु पर्ने धारणा राख्न थालेका छन् ।त्यस्तै, उपप्रमुखमा गंगा राना महर, जमुना चन्द सिंह, सुनिता खड्का धामी, सरिता भण्डारी, सविता खड्का विष्ट, डबल खड्का आकांक्षी देखिएका छन् । शनिबार देखी ६ जनालाई राखेर मिलाउने प्रयास भैरहेको एमालेका नेताले बताएका छन् ।

‘अहिलेसम्म जयपृथ्वी नगरपालिकामा गठबन्धन दलको बैठकसमेत बसेको छैन ।’ नगरसभापती हिरेन्द्र छत्याल भन्छन्, ‘वडास्तरमा पनि उम्मेदवार तय गर्ने कार्य जारी छ ।’ २०७४ सालको चुनावमा एमालेले यो पालिकामा ८० मतले प्रमुख जितेको थियो । ११ वडा रहेको जयपृथ्वीमा एमालेले एक्लैले ५ वडामा जितेको थियो ।

गठबन्धन हुँदा यहाँ नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले ३–३ वडा मागेको छ भने कांग्रेसले आफुले २०७४ सालमा जितेका साविककै वडा सहित थप २ वडा आफुले पाउनु पर्ने माग गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *