बझाङमा जिप दुर्घटनामा एकको मृत्यु, ३ जना घाइते

प्रदेश बझाङ मुख्य खबर समाचार सुदुरपश्चिम

बझाङ –बझाङमा जिप दुर्घटना हुँदा नेपाली कांग्रेसका सभापति  खडक बोहराका २७ बर्षीय छोरा विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ ।   ००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको थियो ।

उक्त जिपमा बोहरा परिवार सवार थिए । दुर्घनामा सभापतिका छोरा विनोदको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्टले बताए ।

उनका अनुसार जयपृथ्वी नगरपालिका–११ की १०१ वर्षीया भुजीदेवी देउरुखी, सुर्मा गाउँपालिका– २ की १९ बर्षीया अन्जु बोहरा र सोही ठाउँकी ४० बर्षीया सिन्की बोहरा गरी ३ जना घाइते भएका छन् ।

घाइते देउरुखी र सिन्की बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भैरहेको छ भने, अन्जुको उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।  प्रहरीका अनुसार गएराति १२ :४० बजे जिप दुर्घटना भएको थियो। जिपमा ३ जना महिला र ६ जना पुरुष गरी ९ जना सवार थिए । ६ जनाको अवस्था सामान्य छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *