बझाङ : बझाङको वित्थडचिर गाउँपालिका र कोरियन संस्थाहरुबीच आपसी समजदारी कायम भएको छ । कोसा कम्पनी लिमिटेडबीच भएको सम्झौता अनुसार वित्थडचिर गाउँपालिकाले विद्यार्थीहरुलाई कोरिया पठाउने भएको हो ।
यस्तै डोङबाङ डिएस सिस्टम प्रा.लि.बीच कामदार साटासाटको लागि आपसी समजदारी भएको छ । सम्झौतामा वित्थडचिर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष अमर महरले हस्ताक्षर गरेका हुन ।
कोरियन भाषा शिक्षा र कोरियामा अध्ययन गर्नका लागि वित्थडचिर गाउँपालिकाका विद्यार्थीहरूलाई सहयोग पु¥याउनको लागि सम्झौता गरिएको वित्थडचिर गाउँपालिकाका अध्यक्ष महरले बताए ।
मौसमीरुपमा काम गर्ने कामदारहरुले कोरियाको कृषि क्षेत्रमा काम गर्ने अवसर प्रदान गर्ने कार्यक्रम रहेको र अन्तराष्ट्रिय मापदण्ड र सुरक्षाको प्रत्याभूतिसहित कामको अवसर प्रदान गरिने संस्थाबीच सम्झौता गरिएको अध्यक्ष महरले जानकारी दिए । यो कार्यक्रम एक वर्षसम्म लागु हुने बताइएको छ ।