बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा सम्पन्न

सत्यराज सिंह

बझाङ । बझाङ जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।. संघका अध्यक्ष प्रबिन्द्र धामिको अध्यक्षतामा सम्पन्न साधारणसभाका प्रमुख अतिथि जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुस्पलाल रोकाया रहनु भएको थियो । कोषाअध्यक्ष सुरेन्द्र सिंहले संघको वार्षिक आय ब्यय प्रस्तुत गर्नुभएको थियो भने अध्यक्ष धामिले वार्षिक कार्य योजना र प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
संघले नयाँ क्लबहरुलाई संघमा आबद्दताका लागि असोज २० गते सम्मको समय थपेको र जिल्लाभित्र संचालन हुने प्रतियोगिताको समय तालिका समेत सार्वजनिक गरेको संघका सचीव ऐन दौल्यालले जानकारी दिनुभएको छ । साथै संघले सुदुरपश्चिम प्रदेश क्रिकेट संघको साधारणसभामा सहभागीका लागि ४ जना प्रतिनिधि समेत छनौट गरेको छ । जिल्लाको छबिस,दुर्गाथली,सुर्मा,बुङ्गल तिर क्रिकेटको क्रेज बढ्दो अवस्थामा रहेको छ । प्रतिनिधिमा अध्यक्ष प्रबिन्द्र धामी, सचीव ऐन दौल्याल, सदस्य जोग बहादुर दौल्याल र बिक्रम ओखेडा छनोट गरेको छ ।