मन्त्रिपरिषद् विस्तार राज्यमन्त्रीमा आशा विक

बझाङ-प्रधानमन्त्री केपी शर्मा ओलीले ७ मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन्। जसमा बझाङले वन राज्यमन्त्री पाउने भएको छ। बझाङकी समानुपातिक सांसद आशा कुमारी विकले वन राज्यमन्त्रीको जिम्मेवारी पाउने भएकी छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार विकसहित ७ नवनियुक्त मन्त्रीहरुको साँझ ४ बजे शपथ ग्रहण हुनेछ । विकको नाम बन राज्यमन्त्रीको लिष्टमा रहेको छ ।