विधुतीय दुर्घटनाको जोखिम रहेका स्थानबारे जानकारी दिन बझाङ वितरण केन्द्रको सर्वसाधारणलाई आग्रह

प्रदेश बझाङ समाचार सुदुरपश्चिम

बझाङ : नेपाल विधुत प्राधिकरण बझाङ वितरण केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका क्षेत्रमा विद्युतीय दुर्घटना हुने जोखिम देखिएका स्थानबारे जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ ।

वितरण केन्द्रका अनुसार कतिपय स्थानमा तार चुडिने, लतरिने, जमिनबाट नजिक रहने वा पोल भाँचिने जस्ता समस्या देखिन सक्ने भएकाले यस्ता अवस्थाबारे तत्काल जानकारी गराउन अनुरोध गरिएको हो ।

प्राधिकरणले यस्तो अवस्था देखेमा वा सुनेमा वितरण केन्द्रका तोकिएका फोन नम्बरहरूमा सम्पर्क गरी सहयोग गर्न आग्रह गरेको छ ।

साथै, तार जमिनबाट नजिक भई हात पुग्ने अवस्थामा देखिएमा त्यस स्थानको फोटो सहित छिटो जानकारी गराउन पनि अनुरोध गरिएको छ ।

वितरण केन्द्रले यस्तो जानकारीले विद्युत् जोखिम न्यूनिकरणमा महत्वपूर्ण सहयोग पुग्ने भएकाले सबै ग्राहक वर्गलाई सावधानी अपनाउन र सहकार्य गर्न आग्रह गरेको हाे ।

पछिल्लो समय नेपाल विद्युत प्राधिकरणको लापरबाही र सर्वसाधारणको अज्ञानताका कारण बझाङमा करेन्ट लागेर छोटो अवधिमा ४ जनाको मृत्यु भइसकेको छ भने, एक जना घाइते भएका छन् । ग्रामिण भेगमा विद्युतीय ज्ञान नहुने र वितरण केन्द्रको ध्यान नपुग्नाले यी घटना घटेको स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *