साइपालखबर सम्वाददाता
बझाङ– मिठो स्वाद र मगमगाउने बासनाका कारण लोकप्रिय बझाङ जिल्लाको रैथाने हंसराज बासमती धानको चामललाई शहरी भान्सामा पुर्याउनको लागि पहल सुरु भएको छ । कृषि ज्ञान केन्द्र बझाङले यस वर्षबाट हंसराज बासमतीको बजार प्रर्वद्धन गर्ने उद्देश्यले व्यवसायिक खेतीको लागि किसानहरुलाई उत्प्रेरित गर्न थालेको छ ।
पछिल्लो समय उन्नत जातका धानको खेतीगर्ने क्रम बढेस“गै यो धानको अस्तिव नै संकटमा पर्दै गएको थियो । विभिन्न खालका नया“ नया“ रोग र किराको संक्रमण बढ्न थाले स“गै यो धानको खेतीगर्ने किसानहरु संख्या घट्दै जान थाले पछि उत्कृष्ट स्वादका हिसावले बझाङीको जिब्रोमा झुण्डीएको यो धान जोगाउन र व्यवसायिकरणको पहल गर्नु परेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

हंसराज धानको जिल्ला बाहिर बजार विस्तार गर्नका लागि प्याकिङ, ब्यागिङ, लेबलिङ र मार्केटिङ गर्नमा ज्ञान केन्द्रले सहयोग गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विस्टले बताए । ‘हिमाली जिल्लामा फल्ने यस्तो स्वादिलो र बास्नादार धानको अहिले सम्म बजारिकरण हुन नसक्नु दुखद हो । यसलाई हामीले एक पटक मात्रै जिल्ला बाहिरको बजार क्षेत्रमा पुर्याउन सकियो भने उपभोक्ताले आफै माग गर्ने सम्भावना छ’ विस्टले भने ‘ पहिलो बर्ष यसलाई वजारमा परिचित गराउनका लागि ज्ञान केन्द्रले विभिन्न खालका सहयोग गर्ने योजना बनाएको छ ।’ उनले हंसराज बासमती धान बझाङको रैथाने जातको भएकोले यसले देश भरी बझाङको पहिचान बढाउन पनि योगदान गर्ने बताए । आगामी बर्षबाट यो धानको खेती विस्तारका लागि विउ उपचार तथा धानमा लाग्ने रोग किरा व्यवस्थापनमा पनि प्राविधिक सहयोग गरिने उनको भनाई छ । आगामी कार्तिक मंसिर सम्म बझाङमा फलेको अर्गानिक हंसराज बास्मतीको चामल धनगढी, महेन्द्रनगर, काठमाण्डौ लगायतका बजारमा आर्कषक प्याकमा उपलब्ध हुने उनले बताए ।
कृषि ज्ञान केन्द्रले बजार विस्तारका लागि सहयोग गर्ने आश्वासन दिए पछि यो वर्ष अघिल्लो वर्ष भन्दा बढी क्षेत्रफलमा हंसराज धानको खेती भएको छ । जिल्लामा कुल धान खेती भएको ७ हजार ५ सय हेक्टर मध्ये २ हजार हेक्टरमा हंसराज खेती गरिएको कृषि ज्ञान केन्द्रको तथ्याङक छ । ‘बाहिर जिल्लामा विक्रीको लागि ज्ञान केन्द्रले सहयोग गर्ने भने पछि हंसराजको खेत ीगर्न छोडेकाहरुले पनि यसवर्ष यही धान लगाएका छन’ सबै भन्दा बढी हंसराजको खेती हुने थलारा पिखेतका किसान पारु रोकायाले भनिन ‘राम्रो मुल्यमा विक्री हुने भयो भने अर्काे बर्षबाट पुरै जिउलो (धनहर फा“ट) हंसराज नै लगाउने विचार गरेका छौ’
बझाङ हिमाली जिल्ला भए पनि यहा“ प्रसस्त धान फल्ने फा“टहरु रहेका छन् । स्थानीय भाषामा जिउला भनिने यस्ता फा“टहरुको संख्या जिल्ला भर एक सय भन्दा बढी रहेको छ । यस जिल्लाको मुख्य बालीको रुपमा रहेको धानको वार्षिक सरदर उत्पादन २२ हजार मेट्रिक टनको हाराहारीमा छ ।
अहिले पनि यस जिल्लामा करिब ३ हजार हेक्टरमा स्थानिय जातका धानको खेती हुने कृषि ज्ञान केन्द्रको रेर्कड भए पनि यहा“का धेरै जसो रैथाने विउ“ लोप भैसकेका छन भने केही लोपउन्मुख अवस्थामा रहेका छन । सुगन्धित तथा औषधिय गुण भएका धानका जातहरु बझाङमा मात्र पाइने हंसराज, लडमडे, टाकमारो जस्ता सुगन्धित (बास्मती) धानहरुको खेती गर्ने जिउलाहरुमा अहिले उन्नत जातका आयातित धान लगाउने क्रम बढ्दो रहेको जिल्ला कृषक समुह महासंघका अध्यक्ष रामप्रशाद जोशीले बताए ।
रोग किराको प्रकोप बढी हुने र उत्पादन कम हुने भएको पछिल्लो समय यस्ता जातका धानको खेती गर्नेहरुको संख्यामा कमी हुदै गएको उनको भनाई छ । ‘औषधिय गुण समेत भएका खस्रे धान, जु“गेधान, थापाचिनी आदि जातका धानको जात नै लोप हुने अवस्थामा पुगिसकेका छन ।’ उनले भने ‘बझाङमा मात्रै फल्ने यस्ता धानको विउ“ संरक्षणको लागि विउ“ बैङक संचालन गर्ने र खेती प्रर्वद्धनका कार्यक्रम संचालन नगर्ने हो भने धेरै जसो विउ“ छिट्टै लोप हुनेछन’
