बझाङमा अटो दुर्घटना हुँदा चार जना घाइते

बझाङ :बझाङको जयपृथ्वी नगरपालिका –७ सुवेडा स्थित जयपृथ्वी राजमार्गमा अटो दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

शुक्रबार दिउसो चैनपुरबाट तमैल जादै गरेको भे १ ह ९७० नम्बरको अटो अनियन्त्रित भइ सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

अटो दुर्घटनामा परी जयपृथ्वी नगरपालिका–७ बस्ने १८ बर्षीय अटो चालक दिपेश सार्की, सोहि ठाउँकी १८ बर्षीया निरुता बम्म, जयपृथ्वी नगरपालिका–१० चैनपुर बस्ने ३२ बर्षीया लक्ष्मी सिंह र उनका ७ बर्षीय छोरा प्रशान्त सिंह सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रहरीका अनुसार घाइतेहरुको हात खुट्टामा चोट लागेको र चारै जनाको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।