सिटिजन लाइफले गर्यो मृतक परिवारलाई बिमावापतको रकम हस्तान्तरण

बझाङ : बझाङमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका एक बिमित मृतक परिवारले बिमावापतको रकम प्राप्त गरेका छन् ।

३ लाखको १५ बर्षे जीवन बिमा गरेका बझाङको दुर्गाथली गाउँपालिका–५ छान्या खोलाका कृष्ण बहादुर जप्रेलको परिवारलाई सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी बझाङ शाखाले ६ लाख ४८ हजार रुपैयाँ प्रदान गरेको हो ।

बिमा गरेको चार वर्षपछि मृत्यु भएका जप्रेल परिवारलाई शुक्रबार सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी चैनपुर बझाङ शाखाको कार्यालयमा आयोजित कार्यक्रममा मृत्यु दाबी अन्तर्गत रकम प्रदान गरिएको बिमा कम्पनीले जनाएको छ ।

कम्पनीका शाखा प्रमुख प्रविन्द्र धामीको हातबाट मृतककी श्रीमती सुनिता देवी जप्रेललाई उक्त रकम प्रदान गरिएको हो ।

२०७६ बैशाखमा जीवन बिमा गरेका जप्रेलको गएको भदौ महिना १९ गते खोला तर्ने क्रममा पानीमा डुबेर मृत्यु भएपछि बिमा रकम प्रदान गरिएको इन्स्योरेन्स कम्पनी बझाङ शाखाले जानकारी दिएको छ ।