उद्यम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न

साइपालखवर सम्वाददाता

बझाङ ।
बझाङ जिल्लामा गठन भएको उधम विकास सहजकर्ता संघको जिल्ला भेला सम्पन्न भएको छ । शनिबार घरेलु तथा साना उधोग कार्यालयको हलमा बसेको जिल्ला भेलामा गरिबी निवारणका लागि लघुउधम विकास कार्यक्रम अन्तर्गत जिल्लाका १२ वटै स्थानिय तहमा कार्यरत तथा घरेलु र अन्य कार्यालयमा कार्यरत उधम विकास सहजकर्ताहरुको आफ्नो हक हित र अधिकारका बारेमा छलफल भएको हो ।
भेलामा मेड्पा कार्यक्रमको निर्देशिका अनुसार कार्यक्रमको प्रगती, समस्या र कार्यक्रम कसरी प्रभावकारी वनाउने भन्ने विषयमा छलफल भएको उधम विकास सहजकर्ता संघ बझाङका अध्यक्ष नरेश जेठाराले बताउनुभयो ।
भेलामा उधम विकाससहजकर्ताको काम र कार्यक्रमको प्रभावकारी मोडेल र उधम विकास सहजकर्ताको कर्तव्य अधिकारका बारेमा घरेलु तथा साना उधोग कार्यालयका वरिष्ठ उधम विकास सहजकर्ता दशरथ बहादुर जप्रेलले जानकारी दिनु भएको थियो । उक्त भेलामा संघका सचिव प्रदिप खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो भने, कार्यक्रममा जिल्ला भरिका उधम विकास सहजकर्ताहरुको उपस्थिति रहेको थियो । भेलाले संघको कार्य समितीमा रहेका संघका जिल्ला उपाध्यक्ष दशरथ जप्रेल र कोषअध्यक्ष गौरिका चन्दले आफ्नो समय नभएको भन्दै राजिनामा दिए पछी उपाध्यक्षमा सुरेस सिंह धामी र कोषाध्यक्षमा विन्दु चन्दलाई चयन गरिएको छ ।