बझाङ : बझाङको बित्थडचिर गाउँपालिकामा कमल बोहरा स्मृति भलिबल तथा देउडा प्रतियोगिताको चैत २८ देखि आयोजना हुने भएको छ ।
नेकपा एमाले बित्थडचिर गाउँ कमिटीद्वारा आयोजित प्रथम स्मृति भलिबल तथा देउडा प्रतियोगिता आउदो मंगलबारदेखी देउलेखमा हुने आयोजकले जनाएको छ ।
देवेश्वरी मध्यामिक विध्यालयका अनेरास्ववियु प्रारम्भिक कमिटी अध्यक्ष कमल बोहराको प्रथम स्मृति दिवसको अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको नेकपा एमाले वित्थडचिर गाउँपालिका कमिटी अध्यक्ष दिपेन्द्र बोहराले बताए ।
भलिवल प्रतियोगिताको विजेताले ३१ हजार १११ रुपैयाँ तथा तथा उपविजेताले २१ हजार १११ रुपैयाँ प्राप्त गर्नेछन् ।
यस्तै तेस्रो हुने टिमले नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत हुनेछन । खेल देवेश्वरी माध्यामिक विध्यालय देउलेखको खेलमैदानमा हुनेछ ।
यस्तै ‘स्थानीय कला र संस्कृति, संरक्षण गरौं हटाएर विकृति’ भन्ने शीर्षकमा वडा स्तरीय महिला पुरुष डेउडा प्रतियोगिता समेत हुनेछ ।
डेउडा प्रतियोगितामा विजेताले १५ हजार, उपविजेताले १० हजार प्राप्त गर्नेछन् । यस्तै तेस्रो हुने टोलिले ५ हजार पुरस्कार प्राप्त गर्ने अध्यक्ष बोहराले बताए ।
सहभागी हुन इच्छुक टिमहरूले चैत २७ सम्म दर्ता हुनुपर्ने आयोजकले जनाएको छ ।
एमालेको चुनाव केन्द्रित आमसभामा सहभागी हुन सदरमुकाम चैनपुर गएका कमल बोहराको गत २०७८ चैत २८ गते बाहुली खोलामा डुबेर मृत्यु भएको थियो ।
एमाले बझाङले आयोजना गरेको आमसभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख वक्ता थिए ।