सप्लायर्स सम्बन्धि एकदिने अभिमुुखीकरण कार्यक्रम चैनपुरमा समपन्न

समाचार

बझाङ । सप्लायर्स सम्बन्धि एकदिने अभिमुुखीकरण कार्यक्रम चैनपुरमा समपन्न भएको छ । प्रगतिशिल युवा समाज, दलित सहयोग समाज र वल्र्डभिजन इन्टरनेशनल नेपालको संयुक्त आयोजनामा एक दिने सप्लायर्स सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

वल्र्डभिजन अन्र्तगतका कार्यक्रमहरुमा हुने कोटेशन, तथा टेन्डरहरुको कानुनी तथा संस्थागत प्रक्रिया, त्यसको प्रभावकारिता लगाएतका विषयमा जानकारी दिने उदेश्यले उक्त कार्यक्रम गरिएको हो । सेवा प्रवाह गर्ने सवै प्रकारका फर्म, होटल तथा पसलहरुका संञ्चालकलाई कोटेशन प्रक्रियामा सहजा प्रदान गर्ने उदेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको दलित सहयोग समाज बझाङ लेखा अधिकृत विजय जोशीले जानकारी दिनुुभयो । प्रगतिशिल युवा समाजका अध्यक्ष रमेश केसीको अधयक्षतामा संञ्चालन भएको उक्त कार्यक्रममा जिल्लामा रहेका विभिन्न सेवा प्रदायक होटल, पसल तथा अन्य फर्महरुका संञ्चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा वल्र्डभिजन इन्टरनेशनल नेपाल सुदुरपश्चिम प्रदेशका सप्लाईचेन कोडिनेटर दिपक राज पोखरेलले प्रशिक्षण गर्नुभएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *