रिदम सिंह, बझाङ । २०७८ साल कात्र्तिक महिनामा आएको वाढी पहिरोबाट पीडित बनेकाहरुले हालसम्म पनि राहत नपाउँदा विचल्ली भएको छ । तीन दिनसम्म परेको अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण जिल्लाभर ठुलोमात्रामा जनधनको क्षती भएको थियो । सो विपदमा पीडित वनेकाहरुले हालसम्म पनि राहत नपाउँदा उनीहरु अहिले के खाने र के लगाउने भन्ने अवस्थामा पुुगेका छन् ।
बाढीले कमाइ खाने जमिन र बस्ने घर नै बगाएर विस्थापित गरेपछी सरकारको राहत कुरेर बसेका अधिकांस नागरिकहरुले हालसम्म राहत नपाउँदा विचल्ली भएको छ । विपदबाट प्रभावित भएकाहरुको खाने बस्ने ठेगान नभएपछी भारत लगाएतका मुलुकमा पलायन हुनुपर्ने अवस्था समेत सिर्जना भएको छ । ती मध्येका एक हुन् मष्टा गाँपालिका १ जिन्नाडाका विष्णुु थापा ।
बाढीबाट प्रभावित भएको दुुई वर्ष पुुग्दा समेत आफुले कुुनै राहत नपाएको उनले गुनासो गरे । गाउँमा भएको कमाएर खाने करिब २० रोपनी सिंञ्चित जग्गा बाढीले बगाएपछी आफ्नो परिवार विचल्लीमा परेको थापाले बताए । लामो समयसम्म स्थानीय सरकार र प्रदेश सरकारबाट राहतको आस गरेपनी कतैबाट राहत नआएको नआएको उनको भनाइ छ । गाउँमा चुनाबको बेला भोट माग्न आएका जनप्रतिनिधीहरुले समेत झुुटो आश्वासन बाडेको उनको आरोप छ । चुनावको बेला घर जग्गा नभएकाहरुका लागी राहत उपलब्ध गराई दिगो व्यवस्थापन गर्ने भनेपनी पालिकाका अध्यक्ष उपाध्यक्ष र वडाध्यक्ष अहिले फर्केर नहेर्ने गरेको थापाले बताए ।
‘चुुनावको बेला आएर राम्रै नारा र घोषणा पत्र देखाएर भोट मागे तर निर्वाचित भएपछी फर्केर समेत हेर्दैनन् । जनताले पीडा सुनाउन समेत समय कुरेर बस्नुुपर्ने अवस्था छ,’ थापाले आँखाको ढिलमा पुुगेको आँसुुलाई थाम्दै भने ‘अध्यक्षलाई मेरो पीडा पोख्न पालिकामा गएको वेला मेरो कुरै सुन्न चाहेनन् । हुन्छ , गर्दैछौ भने अर्काेसँग कुरा गर्न थाले । हुन् त नेता भइसकेपछी जनताको कुरा कहाँ सुन्न सकिने रहेछ ।’ लामो समयदेखी सुजन र दमको औषधी सेवन गर्ने थापा सामान्य पीडा नभएर नै पालिकाका जनप्रतिनिधी विरुद्ध आवाज उठाउन पुुगेका हुन् । जनप्रतिनिधीहरुले पटक पटक दिएको आश्वासनबाट वाक्क दिक्क भएर नै जनप्रतिनिधीहरुले दिएका आश्वासन विरुद्ध आवाज उठाएको उनी बताउँछन् ।
‘१३ जनाको परिवारलाई पाल्न नै धौधौ भएको छ । खानलाई र बस्नलाई कुुनै आधार नै छैन् । बाजेका दिनको घर पटक पटकको भुकम्पले चिराचिरा पारेको छ,’ थापाले भने ‘अव त लाग्छ, ठुलो भुकम्प आएर सपरिवार नै एकै चिहान हुन पाएपनि हुन्थ्यो । घरमा आउने दैनीक पीडाले बाच्ने आधार नै टुटेको अनुुभव हुन थालेको छ ।’ गाउँमा आफुुजस्तै घरजग्गा विहीन भएका दर्जनबढी परिवारहरु भएको उनले बताए । ‘गाउँमा धेरै परिवार मेरो जस्तै समस्यामा छन् । कसैले पनी पालिका र जिल्ला प्रशासन कार्यालयबाट राहत पाउन सकेका छैनन्,’ मनमा गाँठो पार्दै थापाले भने, ‘गाउँभरी म जस्तो ‘नागो’ त कोही छैन् । तर के गर्नुु हामी जस्ता गरिब र पहुँच नभएकाहरुको आवाज सरकारको कुुर्षिमा विराजमान भएकाहरुले सुन्न सक्ने रहेनछन् ।’
सवैतिरवाट वञ्चित भएका र प्रकृतीको मारमा परेका आफुजस्ताका लागी पालिकाले व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ । धेरै नभएपनी एक छाक खान, एकसरो लगाउन र ओत लाग्नका लागी घर निर्माणसम्म जनप्रतिनिधीहरुले व्यवस्था गरिदिन सक्नु पर्छ भन्ने उनको मान्यता रहेको छ । हिजो जनताका न्युनतम् आवश्यकतालाई नजिकबाट नियालेको र निर्वाचित भएपछि जनताको व्यवस्थापन आफ्नो पहिलो प्राथमिकता हुने कसम खाएर निर्वाचित भएकाहरुले यत्ति छिट्टै गरेका बाचा भुल्ने छुट कसैलाई नभएको थापा बताउँछन् ।
गाउँमा दर्जनबढी विकास निर्माणका र सामाजिक कार्य गरेको सार्वजनिक गरेका वडाध्यक्ष रामचन्द्र रोकायालाई थापाले मानविय संवेदनाका हिसावले वडाध्यक्षले केही गर्न नसकेको बताए । आफुले पहिलो वर्ष ४० बढी कामहरु गरेको दावी गरेका वडाध्यक्ष रोकायालाई र गाउँपालिकाका अध्यक्ष ज्ञानबहादुर बोहरालाई जिन्नाडाका विष्णुहरु तपाइको मतदाता मात्रै हुन् ? मतदाताहरुलाई विकासको अनुभुती गर्ने वातावरण सिर्जना गर्नु प्रदैन् ? जिन्नाडाबासी वडा÷पालिकाभित्रका नागरिकहरु हुनकी होइनन् ? भन्दै थापाले प्रश्न समेत गरे ।
यता मष्टा गाउँपालिका १ का वडाध्यक्ष रामचन्द्र रोकायाले भने तत्काल नयाँ आएका जनप्रतिनिधीहरुले विगत लामो समयदेखी पीडित बनेकाहरुलाई राहत दिन सक्ने सामथ्र्य पालिका र वडाले राख्न नसक्ने बताए । पालिकामा धेरैको संख्यामा पिडीतहरु रहेका र न्युन वजेट भएका कारण राहत वितरण गर्न नसकिने वडाध्यक्ष रोकायाले बताए । तथापी पालिकाले राहतका लागी विपद महाशाखासँग सम्झौता गरेको दावी उनको छ ।
आफु निर्वाचित भएर आएपछी सवै जनताहरुको कुरा सुन्ने तथा उनीहरुको व्यवस्थापनका लागी काम गरिहरहेको समेत वडाध्यक्ष रोकायाले बताए । केही सीमित मान्छेहरुले आफ्नो विरोधका लागी विरोध गर्ने गरेको समेत उनले बताए । वडाभित्रका सवै नागरिकले समान रुपमा विकास र राहतको अनुभुती समेत गर्न पाउने उनले बताए ।
