(कविता) आफ्नै मातृभूमि स्वाभिमान सधै !

झलक ओखेडा

फर्क फर्क हे दुर देशी आफ्नै मातृभुमि !
खोले, सिस्नु कोदाली संग लडिबुडि गर्न !

नबस खेप्न खुकुरीको धार झै अपमान सधै !
चुहाऊ दुइ थोपा पसिना आफ्नै मातृभुमि स्वाभिमान सधै!

बीरताको धुन बजाउने स्वावलम्बि स्वाभिमान झुकाइ !
कलाको पौरख इतिहास राख्ने साबित छ गबाही सारा !

नझार मातृभुमिलाई दुर देशको कदममा !
फर्क फर्क हे दुर देशी आफ्नै मातृभुमि अति सुख पाउला !

बैशाख शिशिर बतास सुसेलि हाल्दै डाँडा पाखा र कन्दरा !!
लटरम्म फुलको सुगन्ध बाड्दै मोहित छन छहरा !!

सेक्त्याम्बे भञ्ज्याङ् दन्त लहर रुकमणि फेदि हिउँको आसमा !!
भोटका लामा लागेका लेकमा आमुल्य रत्न ल्याउने त्यो आसमा !!

उराठे दिन पहेली बालि झुलेछ्न जहाँ लटरम्म परेर।
चिसोलाई त्यागी तातोको आभास बसन्त सरेर।

शीर देखि पाउमा पलुवा टुसाइ शितल हरियाली ।
कुहु कुहु कोकिल कुन्जमा सबैको मन छुदैछ यसपाली।