‘रारा साँच्चिकै अप्सरा रहेछौँ’

कला / साहित्य
  • अफिलाल ओखेडा

रारा साँच्चिकै सती रहेछौ,
सत्य सहितकाे शान्ति छ।

रारा साँच्चिकै तेर्ता रहेछौ,
प्रेम भावकाे क्रान्ति छ।

रारा साँच्चिकै द्वापर रहेछौ,
मनाेबिज्ञानकाे द्वन्द छ।

रारा साँच्चिकै कली रहेछौ,
कल्पनै कल्पना भित्र बन्द छ।

रारा साँच्चिकै पहिचान रहेछौ,
मुगु जिल्लाकाे सान छ।

रारा साँच्चिकै सम्पदा रहेछौ,
कर्णाली प्रदेसकाे मान छ।

रारा साँच्चिकै मुल्यवान रहेछौ,
नेपाल र नेपालीकाे गर्व छ।

रारा साँच्चिकै लक्ष्मी रहेछौ,
दाेहन गर्नलाई खरबौं खर्ब छ।

रारा साँचिकै सरस्वती रहेछौ,
शिक्षानै शिक्षाकाे ज्ञान छ।

रारा साँच्चिकै स्वर्ग रहेछौँ,
एकान्त वक्षस्थलको ध्यान छ ।

रारा साँच्चिकै अप्सरा रहेछौँ,
मनोरञ्जनको नाँच छ ।

रारा साँच्चिकै प्रकृति रहेछौँ,
सुन्दरताले भरिपुर्ण साँच छ ।

रारा हरेक प्रकृतिप्रेमीले,
एक पटक तिमिलाई भेट्नेछ ।

त्यो भेट अविस्मरणिय क्षण हुनेछ,
जीवनभरको प्यास मेट्नेछ ।

रारा तिम्रो उन्नती प्रगतिमा,
मन, बचन र कर्मले लाग्नेछु ।

राराको अस्मिता लुट्ने विरुद्ध,
सदैव क्रियाशिल भै जाग्नेछु ।

रारा… रारा… रारा…

Leave a Reply

Your email address will not be published. Required fields are marked *