बझाङ । भारतको बैङ्लोरमा रहेका प्रवासी नेपालीहरुले पनि हरितालिका तीज मनाएका छन् । भिभि पुरम यरियामा रहेका प्रवासी नेपालीहरुले तीज विषेश कार्यक्रमहरु मनाएका हुन् । हिन्दु नेपाली महिलाहरुको महान चार्ड हरितालिका तीजको अवसरमा संस्कृती बचाउने अभियानका रुपमा पनि उक्त कार्यक्रम मनाइएको तिज विशेष कार्यक्रम समितिका अध्यक्ष गण्श थापाले बताए ।
हरितालिका तीज विषेश कार्यक्रममा भि भि पुरम यरियामा रहेका प्रवासी नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रमलाई सब्य र भव्य बनाउनका लागी भिभि पुरम यरियामा रहेका प्रवासी नेपालीहरुले तीज विषेश समिती समेत गठन गरेका थिए । जसको अध्यक्षमा गणेश थापा, उपाध्यक्षमा ललिता जोशी, सचिवमा नागेन्द्र भन्डारी, कोषाध्यक्षमा देबराज खाति र सहसचिवमा दुर्गा रोकाया रहेका थिए ।
यस्तै सदस्यहरुमा राम रोकाया, लक्षमण बिष्ट, पदम धामी, शेर बहादुर बिष्ट, राम रोकाया, बिष्णु ओखेडा, चन्द्र ओखेडा, हरिश्चन्द्र बिष्ट, धुर्ब राज सोति, सत्यराज बिष्ट, दिपक चलाउने, हिक्मत बिष्ट, हरिस खाति, तारा रोकाया, नारायण उपाध्याय, हर्क रोकाया, प्रमोद थापा, मंगल धामी लगाएतका रहेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि ऐनबहादुर रावलको उपस्थितीमा संञ्चालन भएको उक्त कार्यक्रममा भारतिय विशिष्ट अतिथी चिकपेट एरियामा एमएलउ डा. उदय गुर्वाचरको पनि उपस्थिति रहेको थियो । त्यसैगरी तीज विषेश कार्यक्रममा लोकदोहोरी गायक सुरेश खत्री, निर्मला केसि र पार्वती भट्टले कार्यक्रमको संञ्चालन गरेको समितिका अध्यक्ष गणेश थापाले जानकारी दिए । कार्यक्रमको संञ्चालन महेश साउँद, आरजु थापा र बिष्नु ओखेडाले गरेका थिए । तीजको इतिहाँस जोगाउने उदेश्यले संञ्चालन गरिएको उक्त कार्यक्रमलाई सव्यरुपमा संञ्चालन गर्न सहयोग गर्ने सवैलाई भिभि पुरम तिज विषेश कार्यक्रम आयोजक समितिले धन्यवाद दिएको छ ।