बझाङ : गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङको परिसरमा वृक्षारोपण गरिएको छ । जेठ १५ गते अर्थात् (आज) परेको गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय बझाङले मंगलबार वृक्षारोपण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक ब्यापक चन्द्र शाहको नेतृत्वमा गरिएको वृक्षारोपणमा कार्यालयका अन्य कर्मचारीको पनि सहभागिता रहेको थियो । कार्यालय परिसरमा विभिन्न जातका फलफूलका ८० बिरुवा रोपिएका छन् ।