बझाङमा नेकपा एसबाट भानुभक्त जोशी सिफारिस, प्रदेशसभामा को–को ?

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ: नेकपा (एकीकृत समाजवादी)ले बझाङबाट प्रतिनिधि सभा सदस्य पदको उम्मेदवारमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त जोशीलाई सिफारिस गरेको छ।

जिल्ला कमिटीको विस्तारित बैठकले जोशीको नाम एकल रूपमा सिफारिस गरेको हो।

बैठकले निर्वाचन क्षेत्र प्रदेश सभा (क) मा पार्टीका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्ज दिल बहादुर सिंह, जिल्ला कमिटी उपाध्यक्ष कलक धामी र प्रदेश कमिटी सदस्य अक्कल धामीको नाम सिफारिस गरेको छ।

प्रदेश सभा (ख) का लागि केन्द्रीय सदस्य तथा जिल्ला सह–इन्चार्ज विरेन्द्र भण्डारीलाई एकल सिफारिस गरिएको पार्टीले जनाएको छ।

संघको समानुपातिकतर्फ प्रदेश कमिटी सदस्य माया तामाङ र पार्वती जोशीलाई सर्वसम्मत सिफारिस गरिएको छ। यस्तै प्रदेश सभा समानुपातिकतर्फ राष्ट्रिय परिषद सदस्य राधिका रताला, अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य अमृता महरा भण्डारी र अखिल नेपाल महिला संघकी जिल्ला कमिटी सदस्य सुनिता बोहराको नाम पठाइएको छ।

बझाङका अध्यक्ष इन्द्र बहादुर भण्डारीको अध्यक्षतामा बसेको बैठकले स्थानीय चुनावको समीक्षा र आगामी मंसिर ४ गते हुने प्रदेश र संघको चुनावको रणनीतिबारे पनि छलफल गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *