बझाङमा पहिरोमा परि एकै घरका ३ जनाको शव भेटियो, ४ जना अझै बेपत्ता

समाचार

बझाङ , असार २० । बझाङको केदारस्युँ गाउँपालिका ८ मा  पहिरोमा परी बेपत्ता भएका ७ जनामध्ये तीनजनाको शव भेटिएको छ। एकै घरका तीन जनाको शव भेटिएको हो।
आमा ५० वर्षीया राममती जेठारा, छोरा १३ वर्षीय प्रयाग जेठारा र छोरी ७ वर्षीया अस्मिता जेठाराको शव भेटिएको हो। ४ जना अझै बेपत्ता छन्।
पहिरोमा परेका ७ बाख्रा, ३ भैंसी र ३ गाई पनि फेला परेका छन्। अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले गए राति केदारस्युँ गाउँपालिका ८ को मल्लेसका १७ घर बगाएको स्थानीय लोकेन्द्र विकले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *