बझाङ: बझाङ्गी भाषामा निर्माण भएको लघुचलचित्र ‘विलय’ असोज २२ गते बझाङको सदरमुकाम चैनपुरमा प्रदर्शन हुने भएको छ ।
बझाङ्गी भाषामा निर्माण भएको उक्त लघुचलचित्र ‘विलय’ मा निलगगन रोशन सिंह र सिर्जना स्नेहीकोे मूख्य भूमिका रहेको छ ।
लघुचलचित्रको शुक्रबार निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेसंगै टिकट बुकिंङ समेत खुला गरेको छ ।
सार्वजनिक पोस्टरमा सरोज खड्का, सिर्जना स्नेही, निलगगन रोशन सिंह र जिवनजंङ्ग थापालाई प्रस्तुत गरिएको छ ।
जसमा सिर्जना स्नेही र निलगगन रोशन सिंह बझाङ्गी पहिरनमा देखिएका छन् । प्रविन रोकायाको निर्देशन रहेको लघुचलचित्रमा र्सिजना र निलगगनसँगै सरोज खड्का, जिवनजंङ्ग थापा र सितल स्नेही, सुसिला थापा, सरिता जोशी, नविन थापा, निरज खड्का, मनोज खड्का, महेश खड्का कृष्ण रेग्मी र राजु बम लगायतका कलाकारको अभिनय रहेको छ ।
लघुचलचित्रको कथा निर्देशक रोकायाले आफैँले तयार पारेका हुन् । नारायण जिसीले छायांकन गरेको लघुचलचित्रलाई निर्माण टिमले असोज २२ गते प्रदर्शन गरिने जानकारी गराएको छ ।