एमालेबाट बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई, प्रदेशसभामा को-को ?

प्रदेश बझाङ मुख्य खबर राजनीति समाचार सुदुरपश्चिम

बझाङ : नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएर सम्बन्धित प्रदेश इन्चार्जमार्फत टिकट पठाएको छ ।

नेकपा एमालेले बझाङमा प्रतिनिधि सभाको टिकट ऐन महरलाई दिएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला सह-इन्चार्ज रहेका महर अनेरास्ववियुका पुर्व अध्यक्ष समेत रहेका छन् ।

पार्टी विभाजनका बेला जिल्लामा विभाजन रोक्न भूमिका खेल्नेमध्येका एक प्रमुख नेता महर पहिलो पटक बझाङबाट चुनाव लड्ने भएका छन् ।

प्रदेश सभातर्फ एमालेबाट अफिलाल ओखेडा र एलबी रावल उम्मेदवार बन्ने भएका छन् । पार्टीले प्रदेश सभा १ अन्तर्गत अफिलाल ओखेडा र २ मा एलबी रावललाई टिकट पठाएको एमाले स्रोतले जनाएको छ । महर हाल जिल्लामै केन्द्रित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *