गठबन्धन भनेको बालुवाको घर हो : नेता महर

प्रदेश बझाङ राजनीति समाचार सुदुरपश्चिम

बझाङ- बझाङ जिल्लामा सत्तामा रहेका दलहरु विच स्थानियतहको चुनावमा तालमेल तथा गठबन्धन गर्ने छलफल चलिरहँदा प्रमुख प्रतिपक्ष दलका नेताहरुले भन्ने गठबन्धनका विषयमा टिप्पणी गर्न थालेका छन् ।

मंगलबार जयपृथ्वी नगरपालिकाको वडानम्बर १ कैलासमा नेकपा एमाले जयपृथ्वी नगरपालिकाको वडाकमिटीले आयोजना गरेको पार्टी सुदृढीकरण एवं दशौ महादिवेशनको सन्देश प्रवाह कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह– इन्चार्ज ऐन महरले गठबन्धन भनेको बालुवाको घर भएको बताए ।

उनले भने, ‘गठबन्धन बालुवाको घर हो । त्यसलाई पानी खन्याउने वितिकै भत्किन्छ । स्थानियतहमा एमाले संग डराएर गठबन्धन गर्न खोजेका दलहरु संघिय चुनावमा खोज्ने स्थिति नआउला भन्न सकिन्न ।’ यस्तै महरले नेकपा एमाले भनेको जनताको पिरमर्का बुझ्ने पार्टी भएकाले स्थानियतहको निर्वाचनमा डरत्रास देखाएर कसैले प्रलोभन देखाएर मत मागे पनि गाउँठाउको विकासका लागि सहि पार्टी र उम्मेदवारलाई जिताउन समेत आग्रह गरेका छन् ।

नेता महरले आफ्ना पराइ नभनेर राम्रो मान्छेलाई आफ्नो अमुल्य मत दिन पनि सुझाव दिएका छन् । उक्त कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला कमिटी उपसचिव सुरत बहादुर सिंहले एमालेबाट चोइटिएर गएकाहरु पदका लागि चोइटिएका बताए । सिंहले चोएटिएर गएकाहरु नितिहिन पार्टीमा लागेर आफु ठुलै दल भएको कुरा गरेपनि माधव नेपालले पार्टी अध्यक्ष र प्रचन्डले प्रधानमन्त्रीको पद नपाएपछी बाटो विराएर चोटिएर गएका बताए ।

उक्त कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सह–इन्चार्ज आशा कुमारी विक, नेकपा एमाले जिल्ला अध्यक्ष दमन भण्डारी, नेकपा एमाले जयपृथ्वी नगरकमिटी इन्चार्ज राकेश सिंह लगाएतका नेताहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा एकीकृत समाजवादीका वडा सचिव उमेश बहादुर सिंह एमालेमा फर्किएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *