कार्यकर्ताको काँग्रेसलाई गठवन्धन नगर्न सुझाव: भन्छन् ‘काँग्रेसको अवशेष खोज्ने दिन आउँन सक्छ’

बझाङ राजनीति समाचार

बझाङ –स्थानिय तहको निर्वाचनको मिती नजिकै आएपनि बझाङमा तीन दलवीच भागवण्डा मिल्न नसक्दा गठबन्धनमा किचला थपिएको छ । स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा तीनवटै दल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलहरु सोमवार पहिलो चरणमा गठबन्धनका लागी छलफलमा जुटेका थिए ।

पहिलो बैठक सोमबार मंगलबार दिउसो ३ वजे बस्ने भनेको भएपनि नेताहरुवीच छलफल नै हुन सकेन । त्यसपछी गठबन्धनका विषयमा नेतहरुवीच कुनै छलफल भएको छैन् ।नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुले गठबन्धन नगर्न आग्रह गरिरहेको वेला माओवादी र समाजवादीका नेताहरुभने जोडतोडका साथ गठबन्धन हुनु पर्छ भन्नेमा रहेका छन् ।

उनिहरु स्थानिय तहको निर्वाचनमा भागवण्डाका आधारमा गठबन्धन गर्ने र सोही अनुसार चुनावमा जाने बताउँदै आएका छन् । सोमवार बसेको पहिलो बैठकमा आधा आधा पर्ने गरी भागवण्डा गर्न माओवादी केन्द्र र एकिकृत समाजवादीका नेता प्रस्ताव राखेपछी काँग्रेस वार्तावाटपछि हटेको हो । त्यस यता कुनै बैठक बस्न सकेको छैन् ।

यद्यपी नेपाली काँग्रेसले १२ वटा स्थानिय तह रहेको बझाङमा ६० नेपाली काँग्रेस, ४० प्रतिशत नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीलाई दिने प्रस्ताव राखेको थियो । ‘जिल्लामा गठबन्धन हुन्छ । हामी पार्टीको आन्तरिक बैठकमा जुटेका छौ,’ नेकपा एकिकृत समाजवादीका जिल्ला कमिटी सचिव लक्ष्मी जोशीले भने ‘गठबन्धन अवश्य पनि हुन्छ । पहिलो वैठकमा मोटामोटी छलफल भएको थियो । अव मसिनो ढङ्गले गठबन्धनलाई निष्कर्ष दिने गरी हामी विहिवार विहान वस्दै छौ । साहेद भोलीको छलफलले निस्कर्ष दिनेछ ।’ जोशीले भने ‘गठबन्धनमा रहेका तीनदलको छलफलमा आफुले २०७४ सालमा नेकपा एमालेमा रहँदा हामीले जितेका पालिकामा हामीले उम्मेद्वारी दिन्छौ, नेपाली काँग्रेसले जितेका पालिकामा नेपाली काँग्रेसले नै उम्मेद्वारी दिने र वाँकी पालिमा भागवण्डा गर्ने भन्ने प्रस्ताव राखेका छौ ।’

२०७४ सालको स्थानिय चुनावमा बझाङमा ८ वटा पालिकामा नेकपा एमालेले जितेको थियो भने ४ वटा पालिकामा नेपाली काँग्रेसले जितेको थियो । नेकपा एमाले फुटेपछी अहिले दुईवटा पालिकामा नेकपा एकिकृत समाजवादी पार्टीको वचस्र्व रहेको छ । यता नेपाली काँग्रेस जिल्ला कार्यसमिती बझाङले भने गठबन्धन गर्ने भन्नेवारे पछिल्लो समय कुनै छलफल नै नभएको जनाएको छ । पार्टी सचिव उत्तम रोकायाले पहिलो वैठक निकर्षविहीन टुङ्गिएपछी पछिल्लो चरणका लागी पार्टी भित्र कुनै छलफल नभएको बताए ।

तर बझाङ जिल्लामा नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले गठबन्धन गर्न नहुने तर्क राख्दै आएका छन् । उनीहरुले पार्टीले एकलै स्थानिय तहको निर्वाचनमा लड्ने हिम्मत राखेर अघी वढ्नु पर्ने समेत बताउँदै आएका छन् । ‘माओवादीले आफ्नो अस्तित्व जोगाउनका लागी गठबन्धन चाहन्छ । ओलीका अघाडी लाज लुकाउ समाजवादी गठबन्धन चाहन्छ । यो अपवित्र र अस्वभाविक गठबन्धन राजनैतिक दृष्टीकोणले ठिक छैन्,’ नेपाली काँग्रेसका कृयाशिल सदस्य समेत रहेका पुष्प रोकायाले सामाजिक संञ्जालमा लेखेका छन् ।

उनले सामाजिक संञ्जालमा लेखेका छन् । स्वास्र्थप्रेरित निणर्यले केही समय काँग्रेसलाई सत्ताको स्वाद त चखाउला, तर कालान्तरमा पार्टीको शेष वा अवशेष खोज्नु पर्ने अवस्था नहोला भन्न सकिन्न ।’ –फरकधारबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *