लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत सरोकारवालावीच अन्तरक्रिया

रिदम सिंह
बझाङ । आज सदरमुकाम चैनपुरमा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अन्तराष्ट्रिय अभियान अन्तर्गत सरोकारवालावीच छलफल तथा अन्र्तक्रिया कार्यक्रम गरिएको छ । सेफ हावस, जिल्ला अस्पतालमा रहेको ओसीएमसी तथा न्यायिक समितीले दिने सेवा, भइरहेको सेवा प्रभाह तथा लैङ्गिक हिंसाको अवस्थाका वारेमा छलफल गरिएको हो ।
जयपृथ्वी नगरपालिकाको आयोजना तथा, युएनएफपिए,भिएसओ पीसविन नेपाल, आइपास सिएमसी र फियान नेपालको आर्थिक तथा प्राविधक सहयोगमा संञ्चालन गरिएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख खडक खड्का प्रमुख अतिथी रहनु भएको थियो भने, जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्री अध्यक्ष रहनु भएके थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समितीका प्रमुख खडक खड्काले स्थानिय तह तथा विभिन्न संघसंस्थाले गर्दै आएको हिंसा न्युनिकरणका कार्यक्रमहरु प्रशंसनिय भएको बताउदै आउँदा दिनमा अव हिंसा हुनुका कारणको खोजी गर्नु पर्ने बताउनु भयो । प्रायः हिंसाहरु घरवाट नै हुने भएकाले आगामी दिनहरुमा कार्यक्रमहरुलाई समुदायस्तरमा नै लिएर संञ्चालन गर्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा बोल्दै जयपृथ्वी नगरपालिका उपप्रमुख जुना जाग्रीले नगरपालिका भित्र पहिलेको तुलनमा अहिले लैङ्गिक हिंसाका केशहरु बढी आउने गरेको बताउनु भएको छ । अघिल्ला बर्षहरुमा थोरै मात्र केशहरु आउने भएपनि पछिल्लो समय यस्ता घटनाहरु बाहिर आउने क्रम बढेको बताउनु भयो । महिलाहरुको चेतनाको स्तरमा पनि बृद्धी भएको र हिंसा सहनु हुन्न भन्ने भावनाको विकास भएका कारण यी घटनाहरु वाहिर आउन थालेको उहाँको भनाई छ ।
बझाङमा हुने प्राय हिंसाका घटनाहरु मदिराका कारण हुने बताउँदै जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञान बहादुर विष्टले सवै समस्याको जड भनेकै नै मदिरा भएको बताउनु भयो । जिल्लामा पाइने घरेलु मदिरालाई पूर्णरुपमा बन्द गराउन सक्ने हो भने मात्र जिल्लामा हुने ८० प्रतिशतसम्म घरेलु हिंसालाई कम गर्न सकिने बताउनु भयो । घरमा हुने हिंसाले नै ठुलो रूप लिँदै जान थालेपछी आत्महत्याको मुखमा पुग्ने गरेको डिएसपी विष्टको भनाई रहेको छ । लिङ्गका आधारमा हुने हिंसालाई रोकथाम तथा प्रतिकार्य गर्न पिसविन नेपाल समुदायमा गई तालिम गोष्ठी र जनचेनामूलक कार्यक्रम गदै आएको र अहिले जिल्लाको दुई वटा स्थानिय तह जयपृथ्वी नगरपालिका र वित्थडचिर गाउँपालिकामा  काम गरी रहेको भुवन बहादुर सिंहले  जानकारी दिनु भएको थियो ।मनोमिर्श कर्ता जिल्ला संयोजक शान्त खड्काले स्थानिय तह, ओसिएमीको काम तथा जिम्मेवारीका बारेमा जानकारी दिनु भएको थियो । लैङ्गिक हिंसापछी देखिने मनोसामाजिक समस्यालाई मनोविमर्शको माध्यामबाट समाधान गर्ने प्रक्रियाको बारेमा समेत उहाँले जानकारी दिनु भएको थियो ।पछिल्लो एक वर्षमा मात्र जिल्लामा संञ्चालित सुरक्षित आभाषगृहमा घरेलु तथा शाररिक हिंसाका ६३, बहुविवाहका १९, मानसिक हिंसाका ७८, सम्वन्ध विच्छेदका ८, बलात्कारका ७ घटना दर्ता भएका छन् । यस्तै बालविवाहका ४, जवरजस्र्तीकरणीका १, ज्यान मार्ने उद्योगको १ र अन्य १० वटा गरी १९१ घटनादर्ता भएका छन् । जिल्लामा २०७० सालदेखी हालसम्म जिल्लामा १००७ घटना दर्ता भएका छन् ।