साइपाल खवर
माघ १३ चैनपुर । छविस पाथिभेरा गाउँपालिका –६ मा रहेको बाठपाली माविमा निर्माण हुन लागेको अपाङ्गतामैन्त्री आवास निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । बाठपाली मावि अध्यनरत दृष्टिविहिन विद्यार्थीहरुका लागी उक्त अपाङ्गमैत्री आवास भना निर्माण हुन लागेको छ । दृष्टीवीहिन तथा अन्य अपाङ्गता भएका विद्यार्थीहरुका लागी मैत्रीपूण आवास निर्माण गरी उनीहरुको दैनिकीमा सहजता ल्याउने उदेश्यले उक्त भवन निर्माण गरिन लागेको छ ।
दृष्टिविहिन स्रोत कक्षासमेत संचालन भएको उक्त विद्यालयमा दृष्टिविहिन भएका विध्यार्थीहरुका लागी वन्न लागेको भवन भित्र नै अपाङ्गतामैन्त्री छात्रछात्रा ३ वटा शौचालय, पाँचवटा आवास कोठा र भान्छा घर वन्ने भएको छन् । आवास भवन विद्यालय नजिकै निर्माण हुने भएकाले बस्नका लागी र विद्यालय आउन जान सजिलो हुने सजिलो हुने बुंगल नगरपालिका ३ विरुडाँडा घरभई बाठपाली माविमा पठनपाठन गर्दै आएका गोरख बहादुर बोहराले बताए ।
युएमएनको करिव ४६ लाख र छविसपाथिभेरा गाउँपालिकाको १४ लाखका लागतमा उक्त भवन निर्माण भइरहेको छ । चैत्र महिनाभित्र नै भवन निर्माणगरी विद्यालयलाई हस्तान्तरण गर्ने योजना रहेको आवास निर्माण गरिरहेको प्रगतिशिल युवासमाजका कार्यकारी निर्देशक लवराज जोशीले बताए ।
हाल उक्त विद्यालयमा १४ जना दृष्टिविहिन ५ जना शारिरिक अपाङ्गता भएका र आमाबुवा दुबै गुमाएका बालबालिकाहरु अध्यन गर्दै आएका छन् । २०५४ सालदेखी बाठपाली मावि स्रोत विध्यालयको रुपमा रहेको र जिल्ला भरीका कतिपय दृष्टिविहिन र अपाङ्गता भएका विद्यार्थीहरु अध्यन गर्दै आएको स्रोत शिक्षक तथा बाठपाली माविका प्रधानाध्यापक कलक चलाउनेले बताए ।
